पत्थरी र यसको घरेलु उपचार विधि | Khabarhub Khabarhub

पत्थरी र यसको घरेलु उपचार विधि

सानो छ भने पानी खाएर पनि पत्थरी फाल्न सकिन्छ


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ। हामीले दैनिक खाने खानामा विषेश ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुन्छ। हामीले खाने माछा मासु जस्ता खाद्यपदार्थ बढी खाँदा पिसाबमा युरिक एसिडको मात्रा बढ्न गएर पत्थरी हुने चिकित्सकले बताएका छन्।

कफी, चिया चिसो पेय पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा पत्थरी हुने गर्दछ। पिसाबमा पानीको मात्रा कम हुँदा पनि पत्थरी देखिन सक्छ। पत्थरीको प्रमुख कारण भनेका हाम्रो खानेकुरा पनि एक हो।

अहिलेको धेरै बिजी लाइफको कारण धेरै हिँड्ने मानिसमा पानीको मात्रा कम हुन जान्छ र पत्थरी हुनसक्छ। कसैमा जन्मजात पनि बाबुमा स्टोन छ भने छोरामा र दाजुभाइमा पनि हुने हुन्छ। यो समस्या वंशाणुगत रूपमा पनि हुने चिकित्सकले बताएका छन्।

पत्थरीका लक्षण
आफ्नो परिवारमा कसैमा पत्थरी छ भने परिवारका अन्य सदस्यले सयम समयमा आफ्ने स्वास्थको जाँच गराउनुपर्छ। पत्थरी विभिन्न स्थानमा हुनसक्छ। मिर्गौला, पिसाब नलीमा पत्थरी हुनसक्छ। यो समस्या पिसाबको थैलीमा हुनसक्छ। पित्तथैलीको पत्थरी, आमाशायको पत्थरीलगायत धेरै प्रकारका हुन्छन्। पत्थरी भएको थाहा पाउनका लागि पहिला लक्षण बुझ्नुपर्छ। लक्षणलाई बुँदामा यसरी उल्लेख गर्न सकिन्छ :

कोखा दुख्ने
पत्थरी भएको मान्छेमा धेरै कोखा दुख्ने समस्या हुनसक्छ। कसैमा कम्मर दुखाई अचानक र तीव्र प्रकृतिको छ भने यसको कारण मिर्गौलाको पत्थरी हुनसक्छ। मिर्गौलाको पत्थरीको कारणले कम्मर दुख्दा पेट र कम्मरतिर दुखाई प्रसारित हुने गर्दछ।

वाकावाकी लाग्ने
मिर्गौलाको पत्थरी हुँदा पत्थरकै कारणले पिसाब नलीमा संक्रमण हुनसक्छ। संक्रमणको कारणले खान मन नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने र धेरै दुखाई हुँदा ज्वरोसमेत आउन सक्छ।

बारम्बार पिसाब लाग्ने
शरीरमा पत्थरी भएको मान्छेमा पटक पटक पिसाब लागिरहने हुन्छ। साथै पिसाब पोल्ने र पिसाब बाक्लो हुने र रगत देखा पर्नेसमेत हुन्छ।

यस्ता छन् रोकथामका उपाय
घरेलु उपचार विधिबाट पनि पत्थरीलाई कम गर्न वा रोक्न सकिन्छ। यसलाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ :
-प्रर्याप्त मात्रामा पानी पिउने,
-बाहिर धेरै तारेका, पिरो खाना नखाने,
-तरकारी तथा फलफूलहरु राम्ररी पखालेर मात्र खानुपर्छ,
-गेडागुडी खाने,
-माछा मासु कम खाने,
-काजु बदाम, चकलेट कम खाने,
-नुन धेरै नखाने,
-जङ फुड धेरै नखाने,
-पत्थरी सानो भयो भने पानी खाएर पनि निकाल्न सकिन्छ।

पत्थरीलाई बेवास्ता गरियो भने चिरफार नै गरेर फाल्नुपर्ने हुन्छ। त्यसैले परिवारमा एक जनामा पत्थरी भयो भने त्यो घरको अरू मानिसले समय समयमा परीक्षण गर्नुपर्छ। सबैले समय समयमा जाँच गराउनु पर्ने चिकित्सक बताउँछन्।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ७ : १३ बजे

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ