दुई सय ४१ वर्ष जेल सजाय सुनाइएका बबी बोस्टीस्क २७ वर्षको सजाय काटेर नोभेम्बर महिनामा रिहाइ भएका छन्। यसलाई धेरैले आश्चर्यको विषय ठानेका छन्। यस घटनामा चर्चाका थुप्रै विषय छन्।
जेलबाट निस्केर उनले भने, ‘सन् १९९५ भन्दा अहिले समय फेरिएको छ’, उनले भने, ‘जेल भित्रका भन्दा बाहिरका मानिस मित्रवत् रहेछन्।’ उनले जेल भित्र भने यातनाको मात्र सिकार भएको बताएका छन्।
२७ वर्षको अवधिमा उनीमा धेरै परिवर्तन आइ सकेको छ। उनी अहिले मानवतावादी भएका छन्। जेल भित्र रहँदा उनी सुत्नका लागि पनि स्वतन्त्रताको खोजी गरिरहेका छन्। जेल जानु र जेलबाट निस्केपछि गरिने व्यवहारमा पनि उनले भिन्नता पाएका छन्। ‘मानिसहरू एक आपसमा हाँसी रहेका छन्। बच्चा हात हल्लाइ रहेका छन्। यो पो त जीवन भन्ने मलाई महसुस भइरहेको छ,’ स्वतन्त्र भएपछिको अनुभव उनले सुनाए।
२७ वर्षको जीवनको पनि उनका आफ्नै अनुभव छन्। ‘हामी भित्रै हराएर मानवता खोजी गर्नु पनि रोमाञ्चक हो नै। पक्कै पनि मानिससँगको समन्वय खोजिन्छ नै मानिस हुनुको विशेषता त्यही नै हो।’
सेल भित्र १० हजार रात कटाएका उनको अन्तिम रात ८ नोभेम्बर २०२२ थियो। तर, पनि हरेक रात सुतेको समयमा उनी सुखद सपनाको प्रयास गर्थे। जेल जीवनको समयमा उनले अन्य कैदीसँग कमै घुलमिल गरे। तर, त्यसमा समयका संस्मरण लेखेर राखेका छन्। थुप्रै कथाजेल भित्र रहँदा नै उनले सङ्ग्रह गरेका छन्।
टन्टलापुर घाम थियो। सेल भरिएको थियो। यस कारण कैदी अन्य जेलमा सारिँदै थिए। यसै बिचमा उनको नाम रिहाइको सूचीमा भएको बताइयो। ‘यो लेखेको नदेखेसम्म मलाई हो भन्न विश्वास गर्न कठिन भइरहेको थियो। जब देखेँ मलाई मेरो आत्मको सङ्गीत बजेको जस्तै भयो।’
२५ वर्ष अघि न्यायाधीश एभलीन वार्करले उनले जेल भित्रै ज्यान गुमाउने कुरा निश्चित भएको बताउँथिन्। तर, अहिले उनी बिहानको सात बजेको समयमा जेलबाट निस्फिक्री हिँडेका छन्। जेलबाट निस्के पछिको खुसीमा उनले घर जानु अगाडि नै तीन वटा सुट पनि किने।
उनी हिँडी रहेको समयमा कसैले आएर अङ्कमाल गरेको थियो। अङ्कमाल गर्ने ती अन्य कोही नभएर न्यायाधीश एभलीन र्वाकर नै थिइन्।
१६ वर्षको उमेरमा मदिरा पान गरे बोस्टिक र उनका साथी डोनाल्ड हस्टनले होस गुमाएका थिए। तिनीहरू सैन्य क्षेत्रमा नै पुगेर क्रिसमस उपहार दिइरहेका सामग्री चोरेका थिए। त्यहीँ गोली प्रहार गरेर उनीहरूले कार नै लिएर गएका थिए। बाचासहित जेलबाट छुट्न सक्ने गरी बोस्टनलाई ३० वर्षको जेल सजाय सुनाइएको थियो। उनलाई अन्य १७ अपराधमा दोषी ठहर गर्दै न्यायाधीश वार्करले थप दुई सय ४१ दिन जेल सजाय सुनाएकी थिइन्। हटसनलाई भने ३० वर्षको नै सजाय सुनाइयो।
बोस्टीकले सन् २०१८ मा केही सकारात्मक कुराको आशा गरेका थिए। सन् २०१० मा नै अमेरिकाको सर्वोच्च न्यायालयले ज्यान नै जाने हिंसा नगरेमा आजीवन कारावास नसुनाइने निर्णय गरेको थियो। सन् २०१६ मा पहिले नै भइसकेका निर्णयमा पनि पुन विचार गर्न सकिने प्रावधान राखिएको थियो।
मिरसाउरी राज्य प्रशासनको भने उनलाई छाड्न कुनै रुचि देखाएको थिएन। बोस्टीकलाई आजीवन कारावास मात्र नभए अनेकौँ मुद्दा र अनकौं सजाय भएकाले सो मापदण्ड लागु नहुने जिकिर गरिएको थियो। सन् २०१८ मा बोस्टीकको अपिललाई सर्वोच्च अदालते खारेज गरेको थियो। तर, यसको कारण भने जानकारी दिएको थिएन। ‘धेरै मानिसले त्यस अवस्थामा आशा त्याग्छन्’, उनले भने, ‘एक पटक अस्वीकार गरे पछि यो फेरी हुने सम्भावना नै छैन।’
बोस्टीकले हिम्मत हारेनन्। आफूले अध्ययन गरीरहेको नेपोलियन हिल पढे। त्यसै पुस्तकलाई आधार मानेर प्रयास जारी राखे। मिसाउरीमा अबोधका लागि भनेर भिन्न कानुन तयार छ। १४ मे २०२१ मा यो कानुन पास भएपछि उनलाई आफ्नै लागि यो सबै भएको भन्ने भान परेको थियो। सन् २०२१ को नोभेम्बरमा बोस्टीकको सुनुवाइ तय भएको थियो।
सन् २०१० मा उनलाई सजाय सुनाउने तीनै न्यायाधीश अहिले पनि थिइन्। त्यस समयमा आफूले टिनएज र परिपक्वको बीचमा भिन्नता पहिचान गर्न गर्न नसकेको आफूलाई समेत आत्मग्लानी भएको ती न्यायाधीश नै बताउँछिन्।
अमेरिकी इतिहासमा नै पहिलो अश्वेत महिला न्यायाधीश वार्करले सन् २०१८ मा बोस्टीकको निर्णयमा आफैले असन्तुष्टि व्यक्त गरेकी थिइन्। १६ वर्षे बच्चालाई एउटा वयस्कको आँखाले हेरेर निर्णय गरेको कुरा उनले पछिल्लो पटकको सुनुवाइको समयमा पनि महसुस गरेकी थिइन्।
त्यसै सुनुवाइको एक वर्षपछि आफैले आजीवन जेलमा बस्नु पर्ने भनेर। त्यहाँबाट लास मात्र बाहिर निस्कन्छ भनेर घोषणा गरेको बोस्टीकलाई उनले जेलकै अगाडि अङ्कमाल गरेकी थिइन्।
‘मलाइ क्रिसमस, नयाँ वर्ष र सम्पूर्ण बिदाको समयको आभास भइरहेको थियो’, उनले भनिन्, बोस्टीक स्वतन्त्र भएपछि मलाई रुन मन लागि रहेको थियो।’ वार्करलाई भेटी सकेपछि उनी सन् १९९५ पछि पहिलो पटक आफ्नो आफन्त साथीहरूसँग खाना खानका लागि हिँडेका थिए। उनी शाकाहारी खानाका सौखिन बनेका थिए।
उनले सम्पूर्ण कुरा निकालेर कारमा राखे। लामो समयको अन्तरालमा कारमा यात्रा गर्दा कतै केही हराए जस्तो र केही बिग्रिए जस्तो भएको थियो। उनलाई आफै पागल भए झैँ महसुस भएको थियो।
सेन्ट लुइसको बाहिर रहेको दिदीको घरमा पुगे पछि उनलाई भेट्न चार सय मानिसहरू आएका थिए। काका, काकी ,दाइ भाइ र दिदी बहिनी र आफन्तको भीड थियो। असहायका लागि भोजनको व्यवस्था गरिरहेको संस्था डियर मामाको च्यारीटीमा पनि उनी पुगेका थिए। उनी अहिले पनि च्यारिटी काममै व्यस्त छन्।
उनको कमाइको मुख्य श्रोत पुस्तक बेच्ने नै हो। जेल भित्र बसेर आफैले लेखेका पुस्तकहरू अमेजनमार्फत बिक्री हुने गरेको छ। उनी सामुदायिक काममा पूर्ण रोजगारी पाउने अपेक्षामा पनि छन्।
उनका लागि अझै सङ्घर्षका धेरै कुरा बाँकी छन्। तथापि गत २७ वर्षमा पुरा गर्न नसकेका अनेकौँ कुराहरू उनका सामु छन्। बोस्टीकका लागि नयाँ जीवनको सुरुवात भएको छ। सन् १९९५ मा झैँ धेरै कुरा फर्किएका छन्। तर, पुराना साथी फर्किएनन्। ३० वर्षे जेल जीवनको सजाय पाएका डोनाल्ड हटसनको सेप्टेम्बर २०१८ मा ज्यान गइसकेको छ। रिपोर्ट अनुसार औषधीको ओभर डोजको कारण उनको ज्यान गएको हो। उनी नौ महिनापछि रिहा हुने क्रममा थिए। तस्बिरः बीबीसी
प्रतिक्रिया