१३औँ राष्ट्रपति रनिङ शिल्ड वैशाखमा « Khabarhub

१३औँ राष्ट्रपति रनिङ शिल्ड वैशाखमा


९ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ ।

आगामी वैशाख ७ देखि ९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । सातै प्रदेशबाट जम्मा छ सय ५८ खेलाडीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिए ।

एथलेटिक्समा एक सय ५४, भलिबल र कबड्डीमा समान एक सय २६ तथा कराँते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडीले भाग लिने छन् । जम्मा ५२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा दुई, कराँते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्ण पदकका लागि भिडन्त हुनेछ ।

व्यक्तिगत, समूहगत, शीर्ष तीन स्थान हात पार्ने टिम र राष्ट्रिय कीर्तिमान गरी प्रतियोगिताको कूल पुरस्कार राशि रु नौ लाख ८५ हजार रहेको छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराँते सातदोबाटोस्थित कराँते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइने छ । सात सय ५३ स्थानीय तह, जिल्ला र प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड हुनेछ । प्रतियोगिताको हरेक खेलबाट उत्कृष्ट खेलाडी छनोट गरी विशेष प्रशिक्षणमा राखिने प्रमुख शर्माले बताए ।

प्रतियोगितालाई सफलतापूवर्क सम्पन्न गर्न राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ८ : ५९ बजे

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका