चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र « Khabarhub

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेका चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ । चलचित्र ‘आमा’ को लागि उनले केश मुण्डन (कपाल खौरिएको) गरेकी थिइन् । एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ । पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउनुपर्नेछ ।

“मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकी छु”, अभिनेत्री पन्तले भनिन्, “ म विधिमार्फत पात्रमा बाँच्ने कोसिश गर्छु ।” यसै महिना अभिनेत्री पन्तको दुई चलचित्र ‘बहाव’ र ‘बुलाकी’ प्रदर्शन हुँदैछ । बुधबार आयोजित पत्रकार भेटघाटमा अभिनेत्री पन्तले दुवै कलाकात्मक दृष्टिकोणले बनाइएको व्यावसायिक चलचित्र रहेको जानकारी दिइन् । “बहावमा प्रेमी र विद्रोहीको चरित्रमा अभिनय छ । कलात्मक शैलीमा यसको निर्माण गरिएको छ । बुलाकी भने ग्रामीण भेगको महिलाको कथा हो”, अभिनेत्री पन्तले भनिन् ।

बहावको छायाङ्कनमा उनी सुगासँग नजिकिएकी छन् । उनले भनिन्, “कार्यशालादेखि नै सुगासँग भए । एक पटक मैले उसलाई निस्की भनेर पिँजडाको ढोका खोल्दा नि निस्किएन । म अन्योल भएँ र डराएँ । यही भावनालाई कलात्मक शैलीमा चलचित्र बहावमा देखाइएको छ ।” एकसाताकै अन्तरालमा उनको दुई चलचित्र प्रदर्शन हुँदैछन् ।

“नेपालमा प्रदर्शनको लागि कठिन नै छ जस्तो लाग्छ किनकी योजना गरिएभन्दा पनि वितरकसँगकै सल्लाहमा तय हुन्छ”, अभिनेत्री पन्तले थपिन् । त्यसो त एउटै कलाकारकै दुई चलचित्र वैशाख १ मा प्रदर्शन हुँदैछ । अभिनेता दयाहाङ राई अभिनित बिहे पास र जारीसँगै प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ८ : ३० बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि