तोलामा १ हजार दुई सयले बढ्यो सुनको मूल्य  « Khabarhub

तोलामा १ हजार दुई सयले बढ्यो सुनको मूल्य 


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसअघि बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार बढेको हो। बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार २५ रुपैयाँले बढेर चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ११ : ५० बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक