ताइवानले होन्डुरसका लागि आफ्ना राजदूतलाई फिर्ता बोलायो « Khabarhub

ताइवानले होन्डुरसका लागि आफ्ना राजदूतलाई फिर्ता बोलायो


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ताइपेइ- ताइवानले होन्डुरसका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । होन्डुरसका विदेशमन्त्रीको चीन भ्रमणको विरोधमा ताइवानले आफ्ना राजदूतलाई टेगुसिगाल्पाबाट आज फिर्ता बोलाएको हो ।

ताइवानसँगको आठ दशकभन्दा लामो कूटनीतिक एवम् मैत्रीपूर्ण सम्बन्धलाई बेवास्ता गर्दै होन्डुरसले आफ्ना विदेशमन्त्रीलाई चीन भ्रमणमा पठाएर ताइवानी जनता र सरकारको भावनामा चोट पुर्‍याएकाले त्यसको विरोध स्वरूप आफ्ना राजदूतलाई तत्काल स्वदेश फर्कने आदेश दिइएको ताइवानी विदेश मन्त्रालयले जनाएको छ ।

होन्डुरसको पछिल्लो कदमप्रति कडा असन्तुष्टि व्यक्त गर्न हामीले होन्डुरसमा रहेका हाम्रा राजदूतलाई तत्काल स्वदेश फिर्ता बोलाउने निर्णय गरेका छौँ, ‘ ताइवानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

होन्डुरसका विदेशमन्त्री एडुआर्डो एनरिके रेना बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने विषयमा वार्ता गर्न चीनतर्फ प्रस्थान गर्नुअघि ताइवानले राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

यसअघि विदेशमन्त्री रेनाले देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताएका छन् । ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई  एक वर्ष १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनः संरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको उनले उल्लेख गरेका थिए ।

होन्डुरसका जनताको आवश्यकतालाई ध्यानमा राख्दै थप महत्त्वपूर्ण सम्बन्ध प्रस्ताव गरिएको तर ताइवानले त्यसलाई अस्वीकार गरेको उनको कथन थियो । मध्य अमेरिकी राष्ट्र होन्डुरस यो क्षेत्रको सबैभन्दा निर्धन मुलुक हो । एक करोड जनसङ्ख्या भएको होन्डुरसमका करिब ७४ लाख जनता गरिबीको चपेटाबाट मुक्त हुन सकेका छैनन् ।

होन्डुरसको चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय सार्वजनिक हुने बित्तिकै बेइजिङले त्यसको स्वागत गरेको थियो । गत बुधबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ बिनले एक चीन सिद्धान्तका आधारमा होन्डुरससहित विश्वका अन्य देशहरूसँग मैत्री एवम् सहयोगात्मक सम्बन्ध विकास गर्न बेइजिङ सधैँ इच्छुक रहेको बताएका थिए ।

राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिएका थिए । राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा अघिल्लो साता आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति वार्ता गरिरहेको घोषणा पनि गरेका थिए ।

होन्डुरस सरकारले ताइवानसँग आधिकारिक रूपमा सम्बन्ध तोडेको हो कि भन्नेबारे तत्काल टिप्पणी भने गरेको छैन । यद्यपि बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध राख्न सक्दैनन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ७ : १३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा