बिक्न छाडे साहित्यिक पुस्तक | Khabarhub Khabarhub

बिक्न छाडे साहित्यिक पुस्तक


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरमा शङ्करदत्त भट्टले पुस्तकालय व्यवसाय सञ्चालन गरेको २६ वर्ष भयो । हाल महेन्द्रनगरस्थित गल्ली नं ५ क्याम्पस रोडमा नेहा पुस्तक पसल सञ्चालन गरिरहेका भट्टले पछिल्ला वर्षमा अतिरिक्त पुस्तक खरिद गर्ने र अध्ययन गर्नेहरूको कमी भएको बताए ।

झन्डै एक दशकअघिसम्म उपन्यास, मुक्तक, गजल, कथा, कविता र साहित्यका पुस्तक खरिद गर्ने धेरै रहे पनि अहिले शून्यमा झरिसकेको उनको भनाइ छ । लामो समयदेखि यहाँ पुस्तक पसल सञ्चालन गरिरहेका स्थानीय व्यापारीको भनाइअनुसार अहिले साहित्यिक पुस्तक पढ्ने बानीमा निकै ह्रास आइसकेको छ ।

‘युवा पुस्ता फाट्टफुट्ट रूपमा विदेशी लेखकका अङ्ग्रेजी पुस्तक भने कहिलेकाहीँ खोज्छन्’, नेहा पुस्तक पसलका सञ्चालक भट्टले भने, नेपाली लेखकका अझ साहित्यिक पुस्तक कोरोना कहरपछि मान्छेले खोज्नै छोडिसके भन्दा फरक पर्दैन ।’

उनले इन्टरनेटको बढ्दो पहुँच र सरलताका हिसाबले पनि पुस्तक पढ्ने खोज्नेको कमी भएको बताए । ‘खोजेको प्रायः सबै कुरा इन्टरनेटमै पाउन थालिसकेको छ’, उनले भने, ‘पुस्तकालयमा जाने, पुस्तक पढ्ने कुरो त दुर्लभ हुन थालिसक्यो ।’ अध्ययन गर्ने बानीबाट विज्ञता प्राप्तिको आधार तथा अध्ययन नै ज्ञान र आनन्द प्राप्तिको माध्यम भए पनि युवा पुस्ता बढी जसो इन्टरनेटमै लिप्त रहेको पाइन्छ ।

यहाँ स्थित सरस्वती पुस्तक भण्डारका सञ्चालक गोकुल बोहराले अतिरिक्त पुस्तक अध्ययनकर्ताहरूमै कमी आएको बताए। ‘चार/पाँच वर्ष भयो कथा, कविता, मुक्तक, गजलका किताब बिक्नै छाडे’, उनले भने, ‘इन्टरनेटमा सबैको पहुँच बढेकाले पनि पुस्तक अध्ययनमा कमी आएको हो ।’

महेन्द्रनगरका साहित्यकार हेमबाबु लेखकले पठन संस्कृतिमै ह्रास आउन थालेको बताए । ‘पुस्तक बिक्री नभएकै आधारमा अध्ययनशील नै छैन भन्ने कुरो गलत हो’, लेखकले भने, ‘अग्रज स्रष्टा, सर्जकबाट पनि नयाँ पुस्तालाई अध्ययनशील बनाउने खालको वातावरणको खाँचो छ ।’

उनले पछिल्लो समय इन्टरनेटमै आफूले खोजेको विषय सहज र सहुलियत रूपमा पाइने भएकाले पनि आम मानसिकको आकर्षण त्यसतर्फ बढेको बताए । ‘अध्ययनशीलताको महत्त्व हुने किसिमको वातावरण पर्याप्त छैन’, उनले भने, ‘यसका लागि सबैतिरबाट सकारात्मक माहौल तयार हुन जरुरी छ ।’

महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय पुस्तकालयका सहायक प्रशासक दुःखी चौधरीले विद्यार्थी अध्ययनका लागि आउने गरेको बताए । ‘विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी विषयगत र साहित्यिक पुस्तक आएर अध्ययन गरिरहेकै हुन्छन्’, उनले भने, ‘पुस्तकालयमा आगन्तुकभन्दा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मात्रै पहुँच दिइएको छ ।’

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ६ : ३३ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्