मुस्ताङमा च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन « Khabarhub

मुस्ताङमा च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानलाई भुवाको नमूना सङ्कलन तालिम सुरू भएको छ । एक साता लामो सो तालिमपछि स्थानीय किसानका एक सय ६० च्याङ्ग्रा गोठमा गई तालिमप्राप्त किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा आठ सयवटा च्याङ्ग्राको भुवा नमूना सङ्कलन गरिने छ ।

नेपालमा पहिलोचोटी गर्न लागिएको च्याङ्ग्राका भुवाको गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ । मुस्ताङमा उत्पादन हुने च्याङ्ग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भुवाको नमूना सङ्कलन गर्न लागिएको हो । यही चैत १३ गतेसम्म च्याङ्ग्रा भुवा सङ्कलन तालिम र चैत १४ देखि २२ सम्म भुवाको नमूना सङ्कलन गरिनेछ ।

युरोपियन युनियनको सहयोगमा सञ्चालित इयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग सङ्घ, च्याङ्ग्रा पश्मिना किसान सङ्घ तथा नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यमा मुस्ताङको घारापजोङ, दामोदरकुण्ड, बाराजोङ–मुक्तिनाथ, लोमाङथान र लो–घेकर गाउँपालिकामा यो तालिम तथा भुवा सङ्कलन कार्यक्रम सञ्चालन गरिँदैछ ।

उच्च गुणस्तरको ठानिएको नेपाली च्याङ्ग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुनसकेको थिएन । च्याङ्ग्रापालक कृषकबाट सङ्कलन हुने भुवाको गुणस्तरबारे पश्मिनाका ग्राहकहरू जानकार हुनु आवश्यक छ ।

कृषकका एक सय ६० गोठमा रहेका च्याङ्ग्राका बथानबाट प्रतिगोठ पाँच–पाँचवटा गरी आठ सय वयस्क च्याङ्ग्रा छनोट गरिनेछ । सङ्कलित नमूनालाई परीक्षणका लागि सुविधासम्पन्न र अन्तर्राष्ट्रिय मान्यताप्राप्त पशु फाइबर परीक्षण प्रयोगशालामा अध्ययनका लागि पठाइने छ ।

यस तालिम कार्यक्रममा संयुक्त अधिराज्यको ओडिसा सेन्टर लिमिटेडकी डा. क्यारोल कर्भिङले आठ जना स्थानीय ऊन सङ्कलक किसानलाई ऊन कात्ने तालिम दिँदैछिन् । तालिमका सहभागीले यसअघि सन् २०२२ मा गुणस्तरीय कश्मिरी ऊन कात्ने तालिम पाइसकेका छन् ।

‘‘नेपाली पश्मिनाको वास्तविक गुणस्तर पहिचान गर्न च्याङ्ग्रा भुवाको नमूना सङ्कलन अनिवार्य छ । नेपाली पश्मिनाको मूल्यलाई मजबुत बनाउन यो च्याङ्ग्रा उत्पादक जिल्लामै आएर तालिम तथा भुवा सङ्कलन कार्यक्रम आयोजना गरिएको हो”, प्रशिक्षक क्यारोलले भनिन् ।

स्थानीयस्तरमा यस तालिमको संयोजन गरिरहेको नेपाल पश्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले सङ्कलित भुवाको नमूनाको विश्लेशणबाट प्राप्त हुने नतिजाको आधारमा नेपाली पश्मिनाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ६ : ४३ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख