साउदी अरब र इरानका विदेशमन्त्रीबीच टेलिफोन वार्ता « Khabarhub

साउदी अरब र इरानका विदेशमन्त्रीबीच टेलिफोन वार्ता


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी अरब र इरानी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनहरूले हालै भएको ऐतिहासिक द्विपक्षीय मेलमिलाप सम्झौता कार्यान्वयन गर्न शीघ्र भेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले होसेन अमिर–अब्दुल्लाहियानलाई फोन गरेर आजदेखि प्रारम्भ भएका पवित्र महिना रमजानको अवसरमा बधाई तथा शुभकामना आदानप्रदान गरेको साउदी विदेश मन्त्रालयले ट्विटरमा पोस्ट गरेको विज्ञप्तिमा जनाइएको छ ।

दुवै देशका विदेशमन्त्री आ–आफ्नो मुलुकमा एकअर्काका दूतावास र वाणिज्य दूतावास पुनः सञ्चालनको खाका तयार गर्न चाँडै द्विपक्षीय बैठक गर्न सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।

इरान र साउदी अरबबीच सात वर्षदेखि चिसिएको एवम् विच्छेद भएको सम्बन्ध चीनको मध्यस्थतामा यसै महिनाको १० तारिखदेखि पुनःस्थापित भएको हो ।

सिया धर्मगुरु निम्र अल–निम्रलाई साउदी अरबले फाँसी दिएपछि इरानी प्रदर्शनकारीहरूले सन् २०१६ तेहरानस्थित साउदी कूटनीतिक नियोगमा आक्रमण गरेका थिए ।

उक्त आक्रमणपछि रियादले तेहरानसँगको सम्बन्ध विच्छेद गरेको हो । दुवै क्षेत्रीय प्रतिद्वन्द्वीलाई सहकार्य र साझेदारीको बाटोमा ल्याएर चीनले विश्वव्यापी प्रशंसा पाएको छ ।

चीनको मध्यस्थतामा भएको तेहरान र रियादबीचको सम्झौताले शिया बहुल इरान र मुख्यतया सुन्नी मुस्लिम भएको साउदी अरबले दुई महिनाभित्र आफ्ना दूतावास पुनः खोल्ने तथा २० वर्ष अघि हस्ताक्षर गरिएका सुरक्षा र आर्थिक सहयोगसम्बन्धी सम्झौता कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ ।

गत आइतबार एक इरानी अधिकारीले बताएअनुसार राष्ट्रपति इब्राहिम रायसीले राजा सलमानबाट साउदी भ्रमणको निमन्त्रणा प्राप्त भएको छ ।

यद्यपि रियादले त्यो पुष्टि गर्न बाँकी छ । दुवै देशले शीर्ष कूटनीतिक तहमा बैठक गर्न सहमति जनाउँदै तीन वटा बैठक स्थानबारेसमेत सुझाव दिएका जनाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ७ : ५१ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था