समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी « Khabarhub

समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन् । लुम्बिनी प्रदेशका समृद्धिका आधारहरू तय गर्दा नै सहश्राब्दी दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित गरिएको भन्दै उनले राजनीतिक स्थायित्वमार्फत विकासको लक्ष्य हासिल गर्दै जाने बताए ।

लुम्बिनी प्रदेशसभा सचिवालयको आयोजनामा रुपन्देहीको लुम्बिनीमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी प्रदेशसभा सदस्यको भूमिका विषयक अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले दिगो विकास लक्ष्य हासिल गर्ने गरी योजनाबद्ध कार्यक्रम बनाइरहेको बताए ।

कार्यक्रममा लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले दिगो विकास लक्ष्य पूरा गर्न सबैको भूमिका आवश्यक रहने र प्रदेशको पनि लक्ष्य निर्धारण गरी काम गरिने बताए । दिगो विकास लक्ष्यअनुरुप प्रदेशको कानुन निर्माण गर्नुपर्ने धारणा राख्नुहुँदै उनले त्यसका लागि सोहीअनुसारको पहल गर्ने प्रतिबद्धतासमेत जनाए।

प्रदेशसभामा विपक्षी दलका नेता डिल्लीबहादुर चौधरीले नेपालका लागि सहयोग गर्ने दातृ निकायले जनतामुखी भएर योजना बनाउन सुझाव दिए । युनडिपीका आर्थिक सल्लाहकार धर्म स्वर्णकारले दिगो विकास लक्ष्यअनुसार काम गर्न नीति निर्माताको महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, अर्थविज्ञ डा स्वर्णिम वाग्लेले अभिमुखीकरणमा सहजीकरण गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ८ : २६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।