इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा « Khabarhub

इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च ब्याइज युनाइटेड काठमाडौँले फाइनल खेलयात्रा तय गरेको छ ।

आज भएको अन्तिम सेमीफाइनल खेलअन्तर्गत साविक उपविजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा चर्च ब्वाइज क्लब काठमाडौँले आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलका लागि स्थान सुरक्षित गर्न सफल भएको हो ।

खेलको २२औँ मिनेटमा आर्मी क्लबका दीपक गुरूङले गोल रोक्न खोज्दा अचानक आत्मघाती गोल भएको थियो । चर्च ब्वाइजले पाएको फ्रिकिक गोल बचाउन खोज्दा हेडिङमार्फत आत्मघाती गोल भएको हो । पहिलो हाफमा पाएको तीन अवसरलाई सदुपयोग गर्न नसकेको आर्मीले दोस्रो हाफमा पाएको एक मात्र अवसरलाई खेरा फालेपछि दाबेदार आर्मी सेमिफाइनलबाटै बाहिरिएको छ ।

त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा विपक्षी क्लबबाट पाएको आत्माघाती उपहार गोल नै चर्च ब्याइजका लागि निर्णायक सावित बन्यो । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइज काठमाडौँका फ्याङ्कलिंक ताल्ला घोषित भए । उनले नगद रु १० हजारसहित ट्रफी हात पारे ।

गोल्डकपको उपाधिको लागि शनिबार चर्च ब्वाइज युनाइटेड र साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा मोरङबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले रु पाँच लाख तथा ट्रफीसहित मेडल प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  १० : ३६ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान