जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड « Khabarhub

जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वातावरणीय प्रभावका असर नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरूले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको सचिवालयले आज यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तनः प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरू’ सम्बन्धी अन्तक्रियाका वक्ताहरूले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताएकी हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा देउवाले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्बोधन गर्नुपर्ने बताउँदै त्यसका लागि सो मुद्दा अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउनुपर्ने बताईन । उनले जलवायु परिवर्तनमा नेपालको विधिहरू वातावरणमैत्री नै भए पनि अझै धेरै काम भने गर्न बाँकी रहेको उल्लेख गरिन ।

“हामी जलविद्युत्मा उदाहरणीय छौँ, जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम हामीले तत्काल सुरु गर्नुपर्नेछ । यसका लागि राजनीतिक दल, सञ्चार माध्यामलगायत सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ”, उनले भनिन् । खानपिन, यातयात र विकासको मोडललगायत क्षेत्रमा तत्काल सुधार गरेर वातावरणमैत्री बनाउन पहल गर्नुपर्ने उनको भनाइ थियो ।

वातावरणविद् डा माधव कार्कीले जलवायु परिवर्तनको पछिल्लो रिर्पोटले धेरै सचेत हुनुपर्ने सन्देश दिएको बताए । “पेरिस सम्झौताले अनुमान गरेकोभन्दा धेरै छिटो विश्वको तापक्रम बढेको छ । यसले धेरै ठूलो असर गर्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन्”, वातावरणविद् कार्कीले भने, “हिमालयको परिवर्तन बढ्दै गएको छ, यसले हाम्रा हिम नदीहरू सुक्दै जाने र जलविद्युत् परियोजनामा पनि असर पुग्न सक्छ ।” उनले सरकार र निजी क्षेत्रको साझेदारीमा वातावरणीय प्रभावका रणनीति र कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

रुडुक नेपालका राष्ट्रिय निर्देशक डा कृष्णकुमार श्रेष्ठले नेपालमा वातावरणका जोखिमका विषयमा धारणा व्यक्त गर्दै अनियमित पानी पर्ने, दिउँसोको तापमान बढ्दो र रातिको तापमान घट्दो रहेको अवस्थामा यसले कृषि उत्पादनमा असर परेको उल्लेख गरे । डेनमार्कका पूर्वउपसभामुख रासमस हेल्भेग पिटर्सनले डेनमार्कले वातावरण प्रदूषण र कार्बन घटाउन धेरै विधिहरू लागू गरेको बताउँदै वातावरणीय प्रभावका चुनौतीहरू सामना गर्न हाम्रा व्यवहार र विधि परिवर्तन गर्नुपर्ने उल्लेख गरे ।

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले ठूला मुलुकले उत्सर्जन गर्ने कार्बनले नेपालजस्ता साना मुलुकले बढी समस्या भोग्नुपरेको बताईन। उनले केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारको हातेमालोबाट जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने बताईन । कार्यक्रममा प्रतिनिधिसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि र वातावरण क्षेत्रका विज्ञको सहभागिता थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ११ : ०६ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष