२०८० साल वैशाख १० गते आइतबारको राशिफल « Khabarhub

२०८० साल वैशाख १० गते आइतबारको राशिफल


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल वैशाख १० गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : सचेत भएर काम गर्नुहोला। सम्मान बढ्नेछ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्।

वृष : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। प्रेम बढ्नेछ।

मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।

कर्कट : दिन सामान्य राम्रो छ। माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।

सिंह : शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।

कन्या : दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।

तुला : अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।

वृश्चिक : आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।

धनु : व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।

मकर : दिन सामान्य छ। बोलीले साथीभाइ टाढा हुनेछन्। सोचेर बोल्नुहोला। व्यापारिमा फइदा हुने। पारिवारिक सम्बन्ध सन्तोषजनक हुनेछ।

कुम्भ : आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

मीन : अवसर धेरै भएकाले सदुपयोग गर्नुहोला। बन्धुहरुको सहयोग लिन नभुल्नुहोला। भूमी कारोबारले ठूलो फाइदा दिनेछ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ०१ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई