मुखको दुर्गन्ध हटाउने उपाय « Khabarhub

मुखको दुर्गन्ध हटाउने उपाय


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुखको दुर्गन्धबाट धेरै मानिस पीडित हुन्छन्। कतिपयले आफ्नो मुख स्वास्थ बारे ख्याल नगर्दा उनीहरुका कारण अरु मानिस प्रभावित भइराखेका हुन्छन्। यो समस्या व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन। मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहदैनन्। यस्ता मानिसबाट सधै टाढै रहन खोज्ने र जिस्काउने हुनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध पनि कमजोर बन्दछ। जसले गर्दा मानसिक रुपमा कमजोरसमेत हुनसक्छन्। हरेक मानिसले आफ्नो मुखबाट आएको दुर्गन्ध आफैले सुँघेर महसुस गर्न सक्छन्। यो समस्या खासै ठूलो रोग होइन। यसको उपचार आफै गर्नसमेत सकिन्छ। मुखको दुर्गन्धका विभिन्न कारण हुन्छन्। यस्ता कारणलाई बुँदागत हेर्नु राम्रो हुन्छ।

मुखको दुर्गन्धका कारण
-खानपानको कारणले मुखबाट गन्ध आउने समस्या हुन्छ। जस्तो खानपानमा लसुन, प्याज, मूलाजस्ता खानेकुराको सेवन गर्दा मुखबाट गन्ध निस्कने गर्दछ।
-मुखमा ब्याक्टेरिया धेरै हुन्छन्। नियमित रुपमा दाँत माझ्ने, मुख सफा गर्ने, खाना खाइसकेपछि कुल्ला गर्ने गरिएन ती ब्याक्टेरिया मुखमा जम्मा हुने र फोहोरलाई कुहाउने हुँदा मुखबाट दुर्गन्ध निस्कने जोखिम हुन्छ।
-लामो समयसम्म मुख सुख्खा भयो र पानी धेरै खाइएन भने पनि मुखबाट दुर्गन्ध निस्किने सम्भावना रहन्छ।
-दाँत किरा लागेर उपचार गर्दा जस्तै दाँत भर्दा, राखिएको नयाँ दाँतमा समस्या आउँदा मुखबाट गन्ध आउनसक्छ।

मुखको गन्ध हटाउने उपाय
– हरेक दिन खाना खाएपछि तुलसीको पात वा अलैंची चबाउने।
– प्रशस्त मात्रामा पानी पिउने।
– पाँचन प्रणालीलाई सफा गर्ने खाना खाने जसले गर्दा सासको दुर्गन्धन घटाउन सकिन्छ।
– बिहान र बेलुका खाना खाइसकेपछि दिनमा कम्तिमा पनि दुई पटक दाँत माझ्नुपर्छ।
-बिहान उठ्ने बित्तिकै कागती पानीको सेवन गर्नुपर्छ।
– बिहान लामो समयसम्म भोकै नबस्ने, पौष्टिकयुक्त खाजा केही खाने।
– एक कप पानीमा एक चम्चा जति बेकिङ सोडा मिलाएर मुख कुला गर्ने, यसले मुखको अम्लियपना कम गरेर मुखको दुर्गन्ध कम गर्छ।
– सकेसम्म बेलुकीको खानामा प्याज, लसुन, माछा, मासु जस्ता खानेकुरा कम खाने।
-बिहान तातो पानीमा नुन मिसाएर कुल्ला गर्ने।
– खानामा रेसादार/फाइबरयुक्त सब्जी खाने।
– प्रत्येक छ महिनाको फरकमा दाँतको जाँच गर्नाले पनि मुखको दुर्गन्ध आउने समस्या कम भएर जान्छ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : १६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा