महिला मार्ने बाघलाई ललितपुरको चिडियाखाना लगिने « Khabarhub

महिला मार्ने बाघलाई ललितपुरको चिडियाखाना लगिने


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको बताए। “हामीसँग यहाँ खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिन लागेको हो । ”

बाघले शुक्रबार बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो । चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच महिलाले भागेर ज्यान जोगाएका थिए । बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा दिनेश देवकोटा नेतृत्वको टोलीले शनिबार बिहान बाघ नियन्त्रणमा लिएको थियो । मृतक महिलाको परिवारलाई निर्देशिकाबमोजिम राहत उपलब्ध गराउने निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : १६ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो