द्वन्द्वग्रस्त सुडानबाट अमेरिकी कूटनीतिज्ञको उद्धार « Khabarhub

द्वन्द्वग्रस्त सुडानबाट अमेरिकी कूटनीतिज्ञको उद्धार


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ । गत शनिबारदेखि युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आज त्यहाँबाट निकालिएको हो ।

अमेरिकी सेनाले सबै सरकारी कर्मचारीलाई खार्तुमबाट निकालेर सुरक्षित स्थानमा पुर्‍याएको राष्ट्रपति जो बाइडेनले बताएका छन् । उनले उद्धारमा अमेरिकी सेनालाई सघाएकामा जिबुटी, साउदी अरब र इथियोपियाप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्ना कर्मचारी र सैनिकको प्रशंसा पनि गरेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार करिब एक सय अमेरिकी सेनाको फौजले केही क्षणमै झण्डै एक सय जना कूटनीतक कर्मचारी तिनका परिवारजनलाई हेकिप्टर प्रयोग गरेर दूतावास भवनबाट बाहिर निकालेको थियो । तीनवटा चिनुक हेलिकप्टर अमेरिकी सेनाका अधिकारी जिबुटी, इथियोपिया हुँदै सुडान पुगेका थिए ।

अहिले खार्तुमस्थित अमेरिकी दूतावास बन्द रहेको छ । अमेरिकी विदेश मन्त्रालयले सुडानमा रहेका आफ्ना नागरिकलाई असुरक्षाका कारण कन्सुलर सेवा प्रदान गर्न नसकिने बताएको छ । उनीहरूलाई सुरक्षित रुपमा त्यहाँबाट निकाल्न पनि कठिन भएको जनाइएको छ ।

शनिबार खार्तुमबाट करिब एक सय ५० जनालाई उद्धार गरिएको थियो । कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय निकायमा कार्यरत कर्मचारीलाई उद्धार गरिएको हो । उद्धार गरिएकामा खाडी मुलुक, इजिप्ट, पाकिस्तान र क्यानाडका नागरिक छन् ।

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा चार सय जनाले ज्यान गुमाएका छन् । हिंसात्मक घटनामा अरु चार हजार जना घाइते भएका छन् ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको आरएसएफबीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन्भने सहायताका काममा अवरोध उत्पन्न भएको छ ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशिरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ४२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा