श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ « Khabarhub

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा पत्नीको हत्या गरेर भारततर्फ फरार भइरहेको अवस्थामा प्रहरीले पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार केसीलाई शुक्रबार राति करिब साढे ९ बजेतिर घोराही उपमहानगरपालिका-३ भवानपुरनजिकै लुकिछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ केसीले गत वैशाख १ गते राति करिब १० बजे आफ्नी ४० वर्षीया पत्नी शारदाकुमारी केसीको हत्या गरी घरनजिकै बारीमा लगेर पुरेका थिए । बुधबार दिउँसो १ बजेतिर केसीको घरअगाडि महिलाको लाश गाडेको अवस्थामा देखिएको भन्ने खबर प्राप्त हुनासाथ जिप्रका दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमसहित अनुसन्धान टोली  खटेको थियो । घटनापछि उनी फरार रहेका थिए ।

सोधपुछका क्रममा केसीले पत्नीसँग विवाद हुँदा आफूले मुक्का र अन्य चिज प्रहार गरी हत्या गरेर बारीमा गाडेको स्वीकार गरेको प्रमुख एसपी ओलीले बताए ।

 उनीमाथि  दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ०४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका