श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ | Khabarhub Khabarhub

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा पत्नीको हत्या गरेर भारततर्फ फरार भइरहेको अवस्थामा प्रहरीले पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार केसीलाई शुक्रबार राति करिब साढे ९ बजेतिर घोराही उपमहानगरपालिका-३ भवानपुरनजिकै लुकिछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ केसीले गत वैशाख १ गते राति करिब १० बजे आफ्नी ४० वर्षीया पत्नी शारदाकुमारी केसीको हत्या गरी घरनजिकै बारीमा लगेर पुरेका थिए । बुधबार दिउँसो १ बजेतिर केसीको घरअगाडि महिलाको लाश गाडेको अवस्थामा देखिएको भन्ने खबर प्राप्त हुनासाथ जिप्रका दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमसहित अनुसन्धान टोली  खटेको थियो । घटनापछि उनी फरार रहेका थिए ।

सोधपुछका क्रममा केसीले पत्नीसँग विवाद हुँदा आफूले मुक्का र अन्य चिज प्रहार गरी हत्या गरेर बारीमा गाडेको स्वीकार गरेको प्रमुख एसपी ओलीले बताए ।

 उनीमाथि  दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ०४ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु