मालीमा भएकाे आक्रमणमा परी नौ सर्वसाधारणको मृत्यु « Khabarhub

मालीमा भएकाे आक्रमणमा परी नौ सर्वसाधारणको मृत्यु


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्य मालीको एक विमानस्थल क्षेत्रमा सशस्त्र आतङ्कवादी समूह (जीएटी) ले शनिबार बिहान गरेको कार बम आक्रमणमा परी कम्तीमा नौ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ६१ जना घाइते भएका छन् ।

मोप्टी प्रान्तको सेवरे विमानस्थल क्षेत्रमा रहेको ‘हवाइ शिविर १०२’ लाई लक्षित गरी गरिएको आक्रमणमा ‘महत्वपूर्ण भौतिक क्षति’ भएको मोप्टी प्रान्तको सञ्चार एकाइले जनाएको छ ।मोप्टी क्षेत्रका गभर्नर कर्णेल मेजर अबास डेम्बेले घटनास्थलमा पुगेर सोमिने डोलो अस्पतालमा घाइतेहरूलाई भेटेका छन् ।

सशस्त्र बलको सूचना तथा जनसम्पर्क निर्देशनालय (दिर्पा) ले शनिबार ट्विटरमा मालीको सशस्त्र बलले सेवारे शिविर र विमानस्थलवरपर ‘जटिल आक्रमण’ विफल पारेको घोषणा गरेको थियो ।

उनले भने, “पहिलो मिनेटदेखि नै स्थिति नियन्त्रणमा आएको छ । कारबाही जारी छ ।” सेनाको ड्रोन आक्रमणबाट विस्फोटक पदार्थले भरिएका तीन वटा सवारी साधन नष्ट भएको बताइएको छ ।

सन् २०१२ देखि माली सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा बहुआयामिक सङ्कटमा फसेको छ । स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर–साम्प्रदायिक हिंसाका कारण पश्चिम अफ्रिकी राष्ट्रमा यो अवधिमा हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : २१ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि