विश्व बौद्ध सम्मेलनमा दलाई लामा पनि सहभागी « Khabarhub

विश्व बौद्ध सम्मेलनमा दलाई लामा पनि सहभागी


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिब्बती धर्मगुरु दलाई लामा भारतमा आयोजित विश्व बौद्ध शिखर सम्मेलनमा सहभागी भएका छन् । विश्व बौद्ध सम्मेलनमा धर्मगुरु लामाले करिब आधा घण्टा सम्बोधन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बोधनका क्रममा दलाई लामाले बौद्ध दर्शन र बौद्ध धर्मको मूल्य मान्यताबारे प्रकाश पारेका थिए । दिल्लीमा आयोजित सम्मेलनमा भाग लिएर उनी आफ्नो निवास फर्केको जनाइएको छ ।

दिल्ली भ्रमण सकेर उनी हिमाचल प्रदेशको धर्मशाला नजिकै रहेको म्याकलोडगञ्जस्थित आफ्नो निवास फर्किएका हुन् । सम्मेलनमा सहभागी भएर फर्केका उनलाई कांगडा विमानस्थलमा तिब्बती समुदायका प्रतिनिधिले स्वागत गरेका थिए ।

सम्मेलनमा शान्ति, दिगो विकास, स्वास्थ्य, बौद्ध परम्पराको विस्तालगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ०४ बजे

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक