नरभक्षी बाघ नियन्त्रण गरी जावलाखेलमा ल्याइयो « Khabarhub

नरभक्षी बाघ नियन्त्रण गरी जावलाखेलमा ल्याइयो


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आज साँझ सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा आज साँझ ५ः३० बजे उक्त बाघलाई सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको चिडियाखाना प्रशासनले जनाएको छ । उद्धार गरी सदर चिडियाखानामा ल्याइपुर्याएको सो बाघलाई बाघ खोरको होल्डिङ कोठामा राखिएको छ ।

यही वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा बिहान करिब १० बजेको समयमा स्थानीय छ÷सात महिला घाँस काटिरहेको समयमा ४२ वर्षिया गंगादेवी चन्दलाई उक्त बाघले एक्कासि आक्रमण गरेको थियो ।

अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय ९हात्ती सहित०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भएका थिए ।

सो दिनको उद्धार कार्यका क्रममा राति अबेर ११ः३० बजेसम्म चले पनि रातको समय र सिमसार क्षेत्रको दलदले जमिनमा उद्धार गर्नुपर्ने कठिनाइका कारण सम्भव हुन नसके पनि पुनः वैशाख ९ गते बिहान ६ बजे चार वटा हात्तीसहित उद्धार कार्य पुनः सुचारु गरिएको थियो । उक्त दिनको खोजी कार्यमा बिहान ७ः५५ बजे शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र प्राविधिक तथा कोषका प्राविधिकसहितको टोलीले डार्ट गरी बाघलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ३० बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा