काठमाडौँमा मेघगर्जन र चट्याङसहित वर्षा « Khabarhub

काठमाडौँमा मेघगर्जन र चट्याङसहित वर्षा


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ । रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भेगमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्री–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको मौसमविद् झाले बताए । उनले भने , “प्री–मनसुन पनि सक्रिय भएको छ, साथै, पश्चिमी वायुको प्रभाव पनि रहेको छ । भोलि दिउँसो पनि देशभर बदली रही पहाडी भेगमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अतिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ३८ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा