बारा–२ : सर्वदलीय बैठक सोमबार बिहान बस्ने « Khabarhub

बारा–२ : सर्वदलीय बैठक सोमबार बिहान बस्ने


१० बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत बारा–२ को मतगणना भोलिमात्रै सुरु हुने भएको छ । दलहरुले भोलि सर्वदलीय बैठक आव्हान गर्न आग्रह गरेकाले भोलिबाट नै मतगणना सुरु हुने निर्वाचन अधिकृत सरोजकमार चौधरीले जानकारी दिए ।

भोलि बिहान सर्वदलीय बैठक बसी मतगणना सुरु हुने छ । यस्तै बारा– २ का सबै मतदान केन्द्रको मतपेटिका कलैया ल्याइपुर्‍याइएको छ । आइतबार १ सय ३७ मतदान केन्द्रमा सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनको सबै मतपेटिका कलैयाको गंगापुरस्थित शैक्षिक तालिम केन्द्रमा नेपाली सेनाको सुरक्षामा ल्याइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

५ वटा पालिकाका ४४ वटा वडामा रहेका मतदान केन्द्रबाट सबै मतपेटिका सदरमुकार ल्याइएको हो ।बारा–२ मा ६५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत चौधरीले जानकारी दिए ।

 

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ११ : ०८ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा