अभिनेता आदित्यको मृत्युमा ‘लागूऔषधको कनेक्सन’ « Khabarhub

अभिनेता आदित्यको मृत्युमा ‘लागूऔषधको कनेक्सन’


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता, मोडल तथा कास्टिङ डिरेक्टर आदित्य सिंह राजपूत मृत भेटिएका छन्।

‘मैंने गान्धीको नहीँ मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्य मुम्बईको अँधेरीस्थित घरको बाथरुममा मृत भेटिएका हुन्। यद्यपि उनको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन।

आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त अस्पताल पुर्‍याए पनि डाक्टरले उनलाई बचाउन सकेनन्। प्रहरीले आदित्यको निधनको कारण लागूऔषधको ओभरडोज हुनसक्ने अनुमान लगाएको छ। यद्यपि प्रहरी यो मामलामा अनुसन्धानमा जुटेको छ।

आदित्यको निधन पछि फिल्म जगतमा सन्नाटा छाएको छ। आदित्यले रियालिटी शो ‘स्प्लिटस्विला’मा पनि आफ्नो उपस्थिति जनाइसकेका छन्। उनले करिब ३ सय बढी विज्ञापनमा काम गरेका छन्।

आदित्यले १७ वर्षको उमेरमा मनोरञ्जन क्षेत्रमा करियर सुरु गरेका थिए। उनी केही समय यता एक प्रोडक्सन हाउसमा जोडिएका थिए र कास्टिङको काममा बढी ध्यान दिइरहेका थिए। उनी अधिकांश समय पेज थ्री इभेन्टमा देखिन्थे।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ७ : ४० बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको