समाचार

भक्तपुर अस्पताल, देशकै सर्वोत्कृष्ट  

By खबरहब

May 23, 2023

भक्तपुर – भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नजरमा भक्तपुर अस्पताल यस वर्षको नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो।

न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले अवलोकन तथा मूल्याङ्कन गरेर सो घोषणा गरेको हो।

सो नतिजा पछि खुसी लागेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन्। अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरूको संयुक्त मेहनतको कारण अस्पताल मुलुकको सर्वोत्कृष्ट हुन सकेको उनले जनाएकी छन्।