आरआरआरका भिलेन रे स्टीवेन्सनको निधन « Khabarhub

आरआरआरका भिलेन रे स्टीवेन्सनको निधन


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

मुम्बई – प्रख्यात आइरिस अभिनेता रे स्टीवेन्सनको निधन भएको छ।

५८ वर्षे अभिनेताले ‘थोर’ र त्यसको सिक्वेल ‘थोरः द डार्क वल्र्ड’ जस्ता कैयौं मार्बल फिल्ममा अभिनय गरेका थिए। यी फिल्ममा उनले वोल्स्टेगको भूमिका निभाएका थिए।

स्टीवेन्सन पछिल्लो पटक एसएस राजामौलीको पिरियड एक्सन ब्लकबस्टर फिल्म ‘आरआरआर’मा गभर्नर स्कट बक्सटन नामक भिलेन चरित्रमा देखिएका थिए। उनको यो भूमिकालाई भारतीय दर्शकले निकै रुचाएका थिए। स्टीवेन्सनको करियरमा उनले अभिनय गरेको यो एकमात्र भारतीय फिल्म हो।

उनको वास्तविक नाम जर्ज रेमन्ट स्टीवेन्सन हो। उनको जन्म सने १९६४, मे २५ मा लिस्बनमा भएको थियो। परिवारमा तीन भाईमध्ये उनी दोस्रो भाई हुन्। उनका पिता एक रोयल एयर फोर्स पाइलट थिए। उनी ८ वर्षको उमेरमा इंग्ल्याण्ड गए र त्यही ब्रिस्टल ओल्ड विक थिएटरमा स्कुल अभिनय पढे। उनले २९ वर्षको उमेरमा ग्राजुएसन डिग्री लिए। स्टीवेन्सन सन् १९९० को दशकको सुरुवातबाट फिल्म र टेलिभिजनमा जोडिए।

उनले ‘पनिशरः वार जोन’, ‘द थ्योरी अफ फ्लाइट एण्ड एचबीओ–बीबीसी’को ‘अकेम्ड टेलिभिजन सिरिज’ मा अभिनय गरेका थिए। उनी रोममा आफ्नो भूमिकाका लागि लोकप्रिय थिए। यसबाहेक रे ‘डेक्सटर’, ‘द वकिङ डेड’, ‘ब्ल्याक सेल्स’, ‘वाइकिङ्स’लगायतका कैयौं स्टार वार्स एनिमेटेड शोको हिस्सा बने। उनी चाँडै नै डिज्नी प्लस स्टार वार्स सिरिज ‘अहसोका’मा देखिँदैछ। यसको प्रिमियर चाँडै हुँदैछ।

उनको अन्तिम फिल्म ‘एक्सीडेन्ट मेनः हिटमेन होलिडे’ थियो। उनले हालै १९४२ मा केविन स्पेसीलाई रिप्लेस गरेका थिए।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १० : ३१ बजे

काठमाडौंका घर फोर्दै चोरी, ३९ वर्षको उमेरमा ३७ वटा मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राजधानी सहरका घरघरमा पसेर

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

काठमाडौं– सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवा विभागमार्फत

‘लात्तीले हान्दा पनि भत्किने टहरामा सरकारले पहाडै फोर्ने डोजर चलायो’

काठमाठौं- मोरङ माइतीघर भएकी कमला राना ‘रनपैली’ सानै उमेरमा भागी

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी– सुदूरपश्चिम विश्वविद्यालयको ३०० बिघा जग्गा अतिक्रमण भएको छ

आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौं–  नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-८४ को