‘त्रयम्’  नाटक  शुक्रबारदेखि « Khabarhub

‘त्रयम्’  नाटक  शुक्रबारदेखि


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तीन युवतीको विगतको यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशी थिएटरमा मञ्चन हुने भएको छ। नाटकमा तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक तरिकाले देखाइनेछ।

दिलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आगामी जेठ १२ गते शुक्रबारदेखि त्रिपुरेश्वरस्थित कौशी थिएटरमा मञ्चन हुँदैछ। निर्देशक रानाभाटका अनुसार नाटकमा काठमाडौँका एउटा फ्ल्याटमा एकअर्कासँग स्वभाव नमिल्ने तीन युवतीको कथा देखाइनेछ।

‘एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन्। तर पनि सँगै बस्न बाध्य छन्। आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ जसले उनीहरूको एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ’, उनी भन्छन्, ‘योसँगै उनीहरूको विगत किताबको पाना झैँ पल्टिँदै जान्छन्। जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खुल्छ। एक दिनको घटनाले उनीहरूको वर्षौँदेखिको कथा बताउँछ। ’

नाटक थिएटर भिलेजले निर्माण गरेको हो। थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो। निर्देशक दिलिप रानाभाटले नाटक एक वर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताएका छन्।

‘यो विषय लामो समयदेखि बोकिरहेको थिएँ। एक वर्ष पहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास पनि गरेको थिएँ। तर त्यो दर्शकसम्म पुगेको थिएन। यसपल्ट मौका जुर्दै छ, ’उनको भनाइ छ, ’यहाँ उठिरहेका विषय मेरो नजिकका धेरै महिलाहरूले भोगेका विषय हुन्। कतिले मलाई सुनाएका छन्। कतिले नभनी पनि मैले बुझेको छु। यो नाटकले तपाईँहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ।’

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन्। उनीहरुलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनेछन्। नाटक १२ गतेबाट सुरु भएर २८ गतेसम्म चल्नेछ। दिलिप रानाभाट कै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दा पछाडि रहेर आयुष्मा खरेलले सघाएकी छन्।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १० : ४२ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग