नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति कायम : प्रधानमन्त्री « Khabarhub

नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति कायम : प्रधानमन्त्री


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति कायम भएको दाबी गरेका छन् । 

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नैतिक धरातलबाट सोच्दा राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको दाबी गरेका हुन् । 

गत शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मौलिक विशेषता भेटिने भन्दै उनले सत्ता र प्रतिपक्षी दलबाट समर्थन पाएको सरकारले ल्याएको नीति तथा कार्यक्रममा विभिन्न मौलिक विशेषता पाउने दोहोर्‍याए । 

नीति तथा कार्यान्वयन पक्षलाई जोड दिएको पनि बताउँदै प्रधानमन्त्री प्रचण्डले सबैको साझा प्रयासबाट कार्यान्वयन सम्भव रहेको बताए । राष्ट्रिय आकांक्षालाई आत्मसाथ गरेको नीति तथा कार्यक्रमले संघीयताको सुदृढीकरण, अर्थतन्त्रको संरचना पुनसंरचना, कृषिमा आधुनिकीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जोड दिएर सम्बोधन गरिएको बताए ।  

उत्पादन वृद्धि र रोजगारी सृजनालाई पनि नीति तथा कार्यक्रमले जोड दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  २ : ४९ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको