छात्रावासमा आगलागी हुँदा १९ जनाको मृत्यु « Khabarhub

छात्रावासमा आगलागी हुँदा १९ जनाको मृत्यु


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

जर्जटाउन– दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेको हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन् ।

११ र १२ तथा १६ र १७ वर्षका किशोरीको आवस्मा क्षति भएको बताउँदै प्रहरीले नियतवश कसैले भवनमा आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ । गुयानाका प्रहरी आयुक्त क्लिफ्टन हिकेनले ‘दुर्भावनाबाट प्रेरित भएर छात्रावासमा आगो लगाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, हाम्रो अनुसन्धान जारी छ,’ पत्रकारमाझ भनेका छन् । अहिलेसम्म कुनै संदिग्धको पहिचान भएको छैन ।

आगलागीमा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको तथा पाँच जनाको महदिया जिल्ला अस्पतालमा मृत्यु भएको छ । सरकारले यसअघि देशको मध्य भागमा रहेको महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा २० जनाको मृत्यु भएको बताएको थियो ।

ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको गुयाना खनिज स्रोतमा विश्वमै अब्बल मानिन्छ ।अङ्ग्रेजी राष्ट्रभाषा भएको यो देशको जनसङ्ख्या आठ लाख छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ३ : १७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर