नांगो गाउँमा दयाहाङको नेता अवतार « Khabarhub

नांगो गाउँमा दयाहाङको नेता अवतार


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’ मा अभिनेता दयाहाङ राईले नेताका रुपमा अभिनय गरेका छन् । ३३ दिनमा छायांकन सकिएपछि फिल्म युनिटले दयाहाङको नेता अवतारको तस्वीर सार्वजनिक गरेको हो ।

फिल्मको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको छ । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।

हिमाल शर्माको प्रस्तुतीमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । यो फिल्मलाई भदौको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ ।

यो फिल्मलाई लिएर देश तथा विदेशमा रहेका दर्शकमा प्रतीक्षा छ । त्यहीकारणले गर्दा पनि फिल्मको विदेश राइट्स बिक्री भैरहेको छ । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ फिल्म गत वर्ष सुपरहिट भएको थियो ।

यस्तै, यो वर्ष आयोजना भएको ‘सिने सर्कल अवार्ड’ मा निर्देशक लामाले उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘गोपि’ बाट प्राप्त गरेका थिए । फिल्म ‘नांगो गाउँ’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ६ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना