अफगानिस्तानमा बाढीको वितण्डा : चार जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा बाढीको वितण्डा : चार जनाको मृत्यु


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु भएको छ । पश्चिमी घोर प्रान्तमा मङ्गलबार आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता मौलावी अब्दुल वाहिद हमासले बताएका छन् ।

भारी वर्षाले प्रान्तीय राजधानी फिरोज कोह बाहिर मङ्गलबार बिहान अचानक बाढी आयो । मदरसा गाउँमा तीन महिलासहित चार जनाको ज्यान गएको छ र प्रभावित क्षेत्रमा सर्वेक्षण जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि उनले बताए । बाढीले थुप्रै घरहरू पनि बगाएको छ ।

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा अगिल्लो हप्ता पनि यस्तै बाढीले चार जनाको ज्यान लिएको र २५ जना घाइते बनाएको थियो । युद्धग्रस्त अफगानिस्तानमा विशेष गरी ग्रामीण इलाकाहरूमा आवासीय घरहरू प्रायः माटोले बनेका हुन्छन् त्यसैले त्यस्ता संरचना प्राकृतिक प्रकोपको जोखिममा हुन्छन् र वर्षा र बाढीमा सजिलै डुब्ने गर्छन् ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ९ : ३१ बजे

मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहँदैमा, सराप्दैमा नेकपा एमाले

विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने : खानेपानीमन्त्री

काभ्रेपलाञ्चोक – खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा शीघ्र

चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण

चन्द्रपुर– जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन

शिक्षकको मासिक तलब उपलब्ध गराउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक

राजनीतिक स्थायित्व कायम गर्न नयाँ सरकार गठन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र