काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालन | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालन


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित आजदेखि सम्पदा यात्रा बस सेवा ‘हप अन, हप अफ’ सञ्चालनमा आएको हो ।

ललितपुरको पुलचोकमा आज आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गर्नुभयो । बस सेवाको शुभारम्भ गर्दै मन्त्री किरातीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्करुपमा सञ्चालन गरिने बताए ।

मन्त्री किरातीले लामो समयदेखि सम्पदा यात्रा बस सेवा सञ्चालन गर्ने भनिए पनि भाडा समायोजनको अझै नसकिएको बताए । उनले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता र चेतना अगाडि गए पनि ऐन र कानुन धेरै पछि रहेको उल्लेख गरे।

बस भाडा समायोजन प्रदेश सरकारले गर्ने प्रावधान भए पनि सम्पदा यात्रा बस सेवा सञ्चालनको लागि भाडा निर्धारण गर्न प्रदेशसँग ऐन कानुन नभएका कारण अप्ठ्यारो परेको उनको भनाइ थियो । मन्त्री किरातीले उपत्यकाको पर्यटन प्रवद्र्धनको लागि एउटा सानो प्रयास मात्रै भएको भन्दै यसको परीक्षणपश्चात् सेवा विस्तार गरिने उल्लेख गरे। पर्यटनमन्त्री किरातीले सम्पदा बस यात्रामा पुल्चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयसम्म यात्रा समेत गरे।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदुषणमुक्त सहर बनाउने प्रयासअन्तर्गत ललितपुर महानगरले आगामी दिनमा कुनै पनि गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने घोषणा गरेको जानकारी दिए ।

उनले गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने महानगरको घोषणाबमोजिम आफूले चढ्ने गाडी पनि विद्युतीय नै भएको बताए। नगरप्रमुख महर्जनले ललितपुर महानगरको भित्री सहरमा विद्युतीय सटल बस चलाउनका लागि साझा यातायातलाई महानगरले रु नौ करोड उपलब्ध गराएको बताए ।

सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक दुई वटा विद्युतीय बस सञ्चालन हुने भएको छ । त्यस्तै, बस सेवा तत्कालका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको बस सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ९ : ५९ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा