जनगणना दिवस : एक सिंहावलोकन | Khabarhub Khabarhub

जनगणना दिवस : एक सिंहावलोकन



असार ८, हाम्रो जनगणना दिवस । देशको वस्तुस्थिति समग्रमा आँकलन गर्न श्री ३ चन्द्र शमशेरले वि सं १९६८ मा जनगणनाको जग बसाले । हिजोसम्म गाउँ नै गाउँले भरिएको हाम्रो देशमा राजनीतिक उद्देश्य पूर्ति हेतु सरकारी लगानीबिना नै रातारात सबैजसो नेपाली अहिले सहरिया भएका छन् । विगतमा मुस्किलले ‘गाउँ’ सहर पस्ने गथ्र्यो अहिले सिंहदरबार गाउँ पसेजस्तै ‘सहर’ गाउँ पस्न थालेको छ । ४६० गाउँपालिकामा बस्ने ३३.८३ प्रतिशत मानिसहरू र बाँकी ६६.१७ प्रतिशत मानिस भने सहरिया भएका छन्, जब कि अधिकांश स्थानमा सहरका पूर्वाधारहरू नै छैनन् । काठमाडौँ उपत्यका जोडिएका एक दुई किमि पर पुग्दा दिउँसै स्याल कराउने ठाउँहरु देख्न सकिन्छ, यहीँ । यसै सेरोपे.रोमा रहेर तथ्यांकको विवेचना गर्ने यो लेखको आशय रहेको छ ।

देशको भावी नीति तय गर्न हरेक एक दशकमा जनसंख्याको यकिन तथ्यांक लिने गरिएको छ । वि सं २०७८ को जनगणना बाहृौँ गणना हो । यसको नतिजा २०७९ चैत्तमा सार्वजनिक भएको छ र धर्मबारे केही तथ्यांकहरु ०८० जेठमा मात्र सार्वजनिक भएका छन् । धर्मनिरपेक्ष भनिएको देशमा ओमकार परिवारको भ.ण्डै ९४ प्रतिशतको बाहुल्यता अहिले पनि देखिएको छ । ओमकार परिवारमा हिन्दू ८१.१९ प्रतिशत, बुद्धिस्ट ८.२१, किरात ३.१७, प्रकृति ०.३५, सिख ०.०१, जैन ०.०१ प्रतिशत भनिएको छ । कोरोनाको त्रासले सर्दै गएको जनगणना कार्यक्रम २०७८ कार्तिक २५ देखि मंसिर ९ सम्म सञ्चालन भएको थियो भने त्यतिबेला विभिन्न परिवेशले गर्दा जनसंख्याको सही तथ्यांक आएन भन्नेहरूको संख्या पनि कम छैन । धेरै मानिसहरु आपू. रहेको स्थानमा भेटिएनन् ।

विदेशमा रहनेको संख्या नै २१ लाख ९० हजार ५९२ जना छन् र यस्तो परिवारलाई अनुपस्थित भनिएको छ । यो जनगणनाको अर्को विशेषता भने देशमा पहिलोपल्ट सम्पत्ति भनौँ जग्गा जमिनको तथ्यांक लिइएको छ, र हालको संघीय र प्रदेशगत निर्वाचन क्षेत्र भने अघिल्लो गणना २०६८ अनुसार छ । अहिले जनसंख्याको वृद्धिदरमा गिरावट आएको छ । वि सं २०५८ मा जनसङ्ख्याको वृद्धिदर २.५ प्रतिशत थियो, २०६८ को गणनामा १.३ प्रतिशत र २०७८ मा घट्दै ०.९३ प्रतिशतमा  झरेको छ । नीति निर्माताहरूको लागि यो गम्भीर प्रश्न हो । शिक्षा, स्वास्थ्यमा, दैनिक जीवन सञ्चालनका विषयहरू तीव्र महँगो हुँदै जानु, गाउँमा बस्नै नसकेर काम खोज्दै सहर पस्ने क्रम बढ्नु र सहरमा पनि टिक्नै नसकेर रोजगारी वा दैनिक जीवन चलाउनैका लागि विदेशिनु पर्ने आम नेपालीको कथा र व्यथा बनेको छ । आम नेपाली गरिबीको चपेटामा छन्, तिनको विवरण सार्वजनिक गर्दा सरकारले सोल्टी होटल प्रयोग गरेको छ, गरिब देशमा धनी चाला यो विषय मात्र होइन, अरु धेरै विषयमा पनि देखिएका छन् ।

हालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यसमा पुरुष ४८.९८ प्रतिशत, १ करोड ४२ लाख ५३ हजार ५५५ छन् र महिला ५१.०२ प्रतिशत, १ करोड ४९ लाख ११ हजार २७ जना छन् । ६८ सालमा लैंगिक अनुपात ९४.१६ प्रतिशत रहेकोमा हाल प्रति १ सय जना महिलामा पुरुष संख्या ९५.५९ छ । अन्य लिंगी, यौनिक अल्पसंख्यक २ हजार ९२८ जना अर्थात् ०.०१ प्रतिशत छ । यसमा पनि सबैभन्दा धेरै बागमती प्रदेशमा ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णालीमा २.८ प्रतिशत छन् । जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९२ प्रतिशतमा सबैभन्दा बढी रामेछाप जिल्लामा ३.३५ प्रतिशत छ । ६८ को गणनामा १६८ जना प्रति वर्ग कि मि जन घनत्व रहेकोमा हाल १९८ जना प्रति वर्ग कि मि पुगेको छ । तराई क्षेत्रमा जनघनत्व ४६० जना प्रति वर्ग कि मि देखिन्छ भने कम जनघनत्व हिमाली क्षेत्रमा ३४ जना मात्र छन् । सबैभन्दा बढी जनघनत्व काठमाडौँ जिल्लामा ५ हजार १६९ प्रति वर्ग कि मि रहेको छ, जहाँ खानेपानी लगायतका धेरै समस्या छन्, कम जनघनत्वको मनाङ जिल्ला हो जहाँ प्रति वर्ग कि मि ३ जना मात्र छन् ।

६८ सालमा आफैँ कमाउन सक्ने उमेर समूह १५ देखि ५९ वर्ष उमेरसम्मका कूल जनसङ्ख्याको ५६.९६ प्रतिशत रहेका थिए भने हालकोमा यो समूह ६१.९६ प्रतिशत छ । १४ वर्ष र सो भन्दा कम उमेर समूहको संख्या पहिलाभन्दा घटेको छ, यसको संख्या २७.८३ प्रतिशत छ । देश बनाउने जिम्मा भविष्यमा हालकै बालबालिकाले लिने र यो संख्या घटेकोमा विज्ञहरु चिन्तित छन् । ६० वर्ष उमेर नाघेका १०.२१ प्रतिशत छन् । परिवार संख्या बढेको छ, पहिले ६८ मा ५४ लाख २७ हजार ३०२ परिवार संख्या भएकोमा हाल २३ प्रतिशतले उछिनेर ६६ लाख ६६ हजार ९३७ पुगेको छ, यसले परिवार व्यक्तिवादी हुँदै आएको, पश्चिमी संस्कृति हुर्केको र खर्च पनि बढी लाग्ने देखिएको छ । ६८ को गणनामा प्रति परिवार ४.८८ जना रहेकामा अहिले ४.३७ जना मात्रै छन् ।

भौगोलिक क्षेत्र अनुसार हेर्ने हो भने हिमाली क्षेत्रमा प्रति परिवार ४.३३ जना, पहाडमा ३.९६ जना र तराइमा ४.७३ जना छन् । परिवारको आकारमा रौतहटमा धेरै छन् ५.९४ जना सबैभन्दा धेरै र कममा थोरै दैलेख र गोर्खामा जम्मा ३.४९ जना मात्रै । देशलाई आकस्मिक रुपमै सहरिकरण गरियोे, पूर्वाधार बनेनन्, नगरपालिकाको संख्या बढाइयो, ६८ मा जम्मा ३३.८३ प्रतिशतको ग्रामीण बस्ती ७८ को गणनामा दोब्बर देखाइएको छ भनौँ ६६.१७ प्रतिशत । तराई क्षेत्रमा जनसङ्ख्याको वृद्धि बढी छ, ६८ मा तराईको जनसंख्या ५०.२७ प्रतिशत अर्थात् १ करोड ३३ लाख १८ हजार ७०५ जना भएकोमा अहिले ५३.६१ प्रतिशत अर्थात् १ करोड ५६ लाख ३४ हजार ६ जना छन् । पहिले पहाडमा ४३.०१ प्रतिशत अर्थात् १ करोड १३ लाख ९४ हजार ४ जना रहेकोमा हाल ४०.३१ प्रतिशत अर्थात् १ करोड १७ लाख ५७ हजार ६२४ छन् । हिमाली क्षेत्रमा पहिले ६.७३ प्रतिशत अर्थात् १७ लाख ८१ हजार ७९२ जना रहेकोमा हाल ६.०८ प्रतिशत अर्थात् १७ लाख ७२ हजार ९४८ जना छन् ।

प्रदेशगत भन्नु पर्दा सबैभन्दा बढी बागमती प्रदेशमा २०.९७ प्रतिशत, पहिलो, मधेश प्रदेश दोस्रो, कोशी प्रदेश तेस्रो, लुम्बिनी चौथो, सुदूरपश्चिम पाँचौँ, गण्डकी छैटौँ र सबैभन्दा कम ५.९७ प्रतिशत जनसंख्या रहेको कर्णाली प्रदेश भएको छ । घर संरचना हेर्दा जम्मा ७५ लाख ५२ हजार ६६ घर संख्या भनिएको छ भने यस्ता घरहरु आवास उद्देश्यका ७१.७ प्रतिशत, गोठ, धन्सार, मटान १०.०१ प्रतिशत, भान्सा र अन्य प्रयोजनका ५.९ प्रतिशत र खाली घर संख्या ६.३ प्रतिशत छ । व्यापार क्षेत्रमा जम्मा ३.१ प्रतिशत, शैक्षिक क्षेत्रमा १.१ प्रतिशत, उद्योग, कलकारखाना, कार्यालयमा ०.४ प्रतिशत, होटल, लजमा ०.३ प्रतिशत, बैँक, वित्तीय संस्थामा ०.१ प्रतिशत र स्वास्थ्य क्षेत्रमा जनशक्तिको संलग्नता ०.२ प्रतिशत रहेको छ ।

स्वामित्वको चर्चा गर्दा हाल ८६ प्रतिशत जनसंख्या आफ्नै स्वामित्वमा रहेका छन् भने १२.८ प्रतिशत भाडामा रहेका छन् । ५७ प्रतिशतले धाराको खानेपानी प्रयोग गरिरहेका छन् भने २९.८ प्रतिशतले ट्युबवेल, १.५ प्रतिशतले इनार वा हाते पम्प, मूल धारा ३.७ प्रतिशतले प्रयोग गर्ने गरेका, जार बोटलबाट ४.६ प्रतिशतले र नदी खोलाबाट पानी प्रयोग गर्नेको संख्या २.१ प्रतिशत रहेको छ । भान्सामा ५१ प्रतिशत मानिसले काठ, दाउराको प्रयोग गर्ने गरेका, ग्याँसको प्रयोग गर्नेहरु ४४.३ प्रतिशत, बिजुली प्रयोग गर्नेको संख्या ०.५ छ, गुइँठा प्रयोग गनेृहरु २.९ प्रतिशत, बायोग्याँस प्रयोगकर्ताहरू १.२ प्रतिशत, मट्टितेलको प्रयोगकर्ता ०.०५ प्रतिशत र अन्य इन्धन प्रयोग गर्नेहरू ०.१ प्रतिशत छन् । अपाङ्गको संख्या ६८ सालमा १.९४ प्रतिशत थियो भने हाल बढेर २.२ प्रतिशत पुगेको छ, जसमा पुरुष संख्या ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् । अघिल्लोपल्टको साक्षरता प्रतिशत ६५.९ प्रतिशत रहेकोमा हाल ७६.३ प्रतिशत छ भने आर्थिक रूपले सक्रिय जनसंख्या ६५.५ प्रतिशत र निष्कृय संख्या ३४.३ प्रतिशत छ, बेरोजगारको तथ्यांक ६.९५ प्रतिशत भनिएको छ ।

सबैभन्दा कम जनसंख्या हुने जिल्ला पहिलेझैँ मनाङ परेको छ भने सबैभन्दा बढीमा साविकझैँ काठमाडौँ परेको छ । हालको रिजल्टमा मनाङको जनसंख्या ५ हजार ६५८ र काठमाडौँको २० लाख ४१ हजार ५८७ देखाइएको छ । वि सं २०११ सालसम्म काठमाडौँमा डेढ लाख मानिस बस्थे, वि सं २०३८ देखि यहाँको वृद्धि प्रतिशत ५० नाघेको हो, २०५८ देखि २०६८ सम्म एक दशकमा यहाँ ६ लाख ६२ हजार थपिए, अहिले २०७८ मा जम्मा २ लाख ७३ हजार मात्रै थपिएको भनियो । सरसर्ती हेर्दा काठमाडौँ बाक्लिँदै छ, उपत्यकामा खाली जमिन छैन, घर निर्माणको तथ्यांक नगरपालिकाहरूमा हुन्छ, र यो संख्या बढ्दै गएको छ ।

सामान्य रुपमा हेर्दा पनि काठमाडौँ जुन हिजो थियो, त्यो आज छैन, अब काठमाडौँ छिर्नु भनेको मृत्युको मुखमा पर्नुजस्तो भइसकेको छ, ट्राफिक जाम, फोहोर र खानेपानीको समस्या, प्रतिकुल वातावरण, धानी नसक्नु महँगीले गर्दा । १० वर्ष अघिसम्म काठमाडौँमा विशाल फाँटहरू देखिन्थे, अहिले विशाल भवनहरू मात्र देखिन्छन् । पहिलेदेखि बसिआएकाहरुलाई सकस छ, जसको जमिन थोरै थियो खासगरी तिनलाई प्रतिस्पर्धामा उत्रन समस्या छ । ६८ सालपछि सरदर वार्षिक घर निर्माण नै ८ हजार बढी छ, हाल उपत्यकामा नपा संख्या बढेकाले उपत्यकामै घर निर्माण तीव्र छ । काठमाडौँको जनगणनामा अपेक्षाकृत संख्या कम छ । गणना अवधिमा कोरोना त्रास, धेरै जना यहाँ टिक्न बस्न नसकेर गाउँतिर पसेको, गणकहरुले या त घरभेटी भेटेनन्, वा घर बहाल करको समस्याले यकिन विवरण आएन, गणकहरु दोहोरिएनन् । प्लस् टू अध्ययनार्थी विगतमा ५ लाख भन्दा बढी यहाँ हुने गरेकोमा हाल करिब ३० हजारमात्रै देखिए ।

सहरमा सन्तान पाल्ने पिरलो, बजारभाउ र शिक्षा, स्वास्थ्य निकै महँगो भएकाले जन्मदर नै कमी वा ढिलो बिहे धेरै कारण होलान् तर पनि यो संख्या अस्वाभाविक हो । निश्चय नै तराई क्षेत्र केही सहज वातावरणले गर्दा मानिसहर मधेसतिर लागेका हुन सक्छन् । त्यसो त देशैभरीका नेताहरुको घर काठमाडौँमै छ । बसाइ सराइले समस्या छ, छोड्ने स्थान वन बुटेनमा परिणत भएको छ, लिने स्थान बस्तीले बाक्लिँदा अन्न बालीको क्षेत्रमा घर बन्दा उब्जा घट्ने, कंक्रिटका रुखहरुले वातावरण प्रतिकूल हुने, र त नाना, खाना, छाना सबैमा हामी परनिर्भर भएका छौँ र वातावरण पनि प्रदूषित भएको छ । सुनिन्छ, भक्तपुरमै ३५ प्रतिशत जनसंख्या वृद्धि छ । केन्द्रीय तथ्यांक कार्यालय आफैँले ५ वर्षअघि नै काठमाडौँको जनसंख्या २० लाख ११ हजार भनेको थियो, ५ वर्ष पछि २० लाख चानचुन भन्नु ठीक हो र ? केन्द्रकै विवरण यकिन आएन भने अरु के होला ? जिल्लागत रुपमा हेर्दा मोरंग दोस्रो भएको छ जनसंख्यामा, रूपन्देही तेस्रो, झापा चौथो र सुनसरी पाचौँ छ, कम जनसंख्या हुने जिल्लामा मनाङपछि दोस्रो मुस्ताङ, तेस्रो डोल्पा, चौथो रसुवा र पाचौँमा परेको छ हुम्ला । प्रदेशगतमा बागमती २०.९७ प्रतिशत जनसंख्या ६१ लाख २० हजार भई पहिलो, मधेश प्रदेश ६१ लाख १० हजार भई दोस्रो र सबैभन्दा कम कर्णाली ५.७९ प्रतिशत भएको छ ।

गत वर्ष राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले नै देशैभरी हलचल ल्याएको थियो । राष्ट्रव्यापी १२ औँ जनगणना भइसक्दा पनि हाम्रो तथ्यांक सही रुपमा नआई मिथ्यांक भयो भने देशको भावी योजना र रणनीति के होला ? अहिले विभिन्न प्रश्नहरू हाम्रा सामु आइरहेका छन् । सार्वजनिक नीति तय गर्न आर्थिक मार्गचित्र, धर्म, जात, जाति, भूक्षेत्र अनुसारको यथार्थ विवरण आवश्यक छ भने अरुले पूर्वाधार तय गरिरहेको हाम्रो पश्चिमी क्षेत्र कालापानी, लिपुलेकका बारेमा पनि त मौन बस्न मिलेन । संयुक्त परिवारमा कम खर्चले धानिने परम्परा तोडिँदै खर्चिलो एकल परिवार सङ्ख्यामा भारी वृद्धि भएको छ । अघिल्लो गणना २०६८ मा देखिएको ५४ लाख २७ हजार ३०२ परिवार सङ्ख्यामा हाल यो संख्या २३ प्रतिशतले बढेर ६६ लाख ६६ हजार ९३७ पुगेको छ । यसमा व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ देखिएका छन् । २०६८ को तथ्यांकमा परिवारमा औसत संख्या ४.३७ जनामा अहिलेकोमा ४.८८ जना पुगेका छन् ।

यो पनि भौगोलिक बनावट अनुसार पृथक छ, हिमाली क्षेत्रमा प्रतिपरिवार ४.३३ जना, पहाडी क्षेत्रमा ३.९९ जना र तराईमा बढी ४.७३ जना रहेका छन् । यसमा पनि जिल्लागत हेर्दा रौतहटमा अधिक ५.९४ जना र गोरखा अनि दोलखामा न्यून ३.४९ जना मात्र छन् । भौगोलिक रुपमा हेर्दा हालको जनगणनामा तराईमा १ करोड ५६ लाख ३४ हजार ६ जना, भनौँ ५३.६१ प्रतिशत, पहाडमा १ करोड १७ लाख ५७ हजार ६२४ जना भनौँ ४०.३१ प्रतिशत र हिमाली क्षेत्रमा १७ लाख ७२ हजार ९४८ जना भनौँ ६.०८ प्रतिशत मात्रै रहेका छन् । जब कि अघिल्लो गणनामा तराईमा १ करोड ३३ लाख १८ हजार ७०५ जना भनौँ ५०.२७ प्रतिशत, पहाडमा १ करोड १३ लाख ९४ हजार ७ जना भनौँ ४३. ०१ प्रतिशत र हिमालीमा १७ लाख ८१ हजार ७९२ जना भनौँ ७.७३ प्रतिशत थिए । यसबाट स्पष्ट हुन्छ तराईमा मानिसको ओइरो छ पहाड र हिमाल क्षेत्रमा घट्दो छ, अब नीति निर्माताहरुले पहाड र हिमाली क्षेत्रमा जनसङ्ख्यालाई टिकाइराख्ने नीति ल्याउन के गर्ने ? मनसुन सुरु हुनासाथ पूर्वतिर सखाप भएको छ पंक्ति तयार गरिरहँदा । हो, माटो मात्रैले देश बन्दैन, मानिसले मनी, मेटेरियल, मेसिनरीको म्यानेजमेन्ट गर्ने हो ।

मिसन र भिजन नभई पनि देश बन्दैन । जनशक्ति योजना बिनाका सबै कार्य अधुरा हुन्छन् । शैक्षिक, सामाजिक, राजनैतिक, आर्थिक समग्र चेतना बिना पनि देश बन्दैन, स्वस्थ नागरिक भन्नु मानव पूँजी हो, यस अर्थमा जनताको आँकडा र वस्तुस्थितिबारे नीति निर्माताहरू अनभिज्ञ हुनु हुन्न । नीति निर्माताहरू सजग भइदिएनन् भने देश अन्धकारमय हुन्छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : १८ बजे

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र