दृष्टिदोषको लक्षण, समस्या र बच्ने उपाय | Khabarhub Khabarhub

दृष्टिदोषको लक्षण, समस्या र बच्ने उपाय


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय धरै बालबालिकामा दृष्टिदोषको समस्या देखापर्न थालेको छ। कतिपय बालबालिकाको जन्मिएको एक वर्षमै दृष्टिदोषको समस्या देखिन थालेको चिकित्सक बताउँछन्। जसका कारण सानै उमेरदेखि बालबालिका चस्मा लगाउन बाध्य छन्।

काठमाडौं उपत्यकासहित मुख्यमुख्य सहर अव्यवस्थित हुँदा फोहोरमैला बढ्दा आँखामा प्रत्यक्ष रूपमा सङ्क्रमण बढ्ने गर्छ। आँखामा सङ्क्रमण हुँदा समयमै ख्याल गरिएन भने आँखाको दृष्टि नै गुम्न सक्छ। दृष्टिदोष भएका बालबालिकाको प्रत्येक ६–६ महिनामा आँखाको नियमित जाँच गराउनु पर्ने चिकित्सक बताउँछन्। यदि समयमा उपचार नभए बच्चाको आँखाको दृष्टि विकास राम्ररी हुन पाउँदैन।

दृष्टिदोषको समस्या भनेको के हो ?
दृष्टिदोषको समस्या भनेको सामान्य भाषामा सहजै देख्न, समान वस्तु चिन्न र देख्न नसक्ने अवस्था हो। बालबालिकामा यो समस्या भएमा उनीहरूले टाढा र नजिक दुवै ठाउँमा राम्ररी देख्न सक्दैनन्। दृष्टिदोषको समस्यालाई लापरबाही गर्दै गयो भने त्यसले सधैको लागि अन्धोपन पनि निम्त्याउन सक्छ। दृष्टिदोषको कारण बालबालिकाको पढाइ, लेखाई र दैनिक रूपमा गर्ने क्रियाकलापका लागि असजिलो बनाइदिन्छ।

दृष्टिदोषका लक्षण
-बालबालिकाले केही कुरामा प्रस्ट नदेख्नु नै यसको लक्षण हो। जस्तो : पुस्तक वा कक्षाकोठामा राखिएको बोर्डहरुमा लेखिएका अक्षर स्पष्ट नदेखिने।
– भ्रमात्मक वा धमिलो आकृति देख्ने।
– टाढा वा नजिकको वस्तु राम्ररी नदेखिने।
– समय समयमा टाउको बेस्सरी दुख्ने ।
– बालबालिकाले आँखा डेढो तरिकाले हेर्ने अथवा मुन्टो बांगो पारेर हेर्ने गर्छन् ।

बच्ने उपाय
– समयमा नै दृष्टिदोषको उपचार गरेमा अन्धोपन हुनबाट बच्न सकिन्छ।
– प्रत्येक एक वर्षामा आँखाको अनिवार्य रूपमा जाँच गराउनुपर्छ।
– समयमा नै जँचाएर चिकित्सकको सल्लाह अनुसार चस्माको प्रयोग गर्ने।
– घरबाहिर निस्कँदा चस्माको प्रयोग गर्नुपर्छ।
– बच्चा स्कुल जाने उमेर भएपछि सुरुमा नै आँखा जाँच गरेर मात्र पठाउनुपर्छ।
– घर परिवारले आफ्नो बच्चाले कसरी हेर्छ, आँखाबाट आँशु निकालेको छ कि छैन त भनेर ध्यान दिनुपर्छ।
– बच्चामा आँखा पोल्ने, पाक्ने समस्या छ भने समयमान नै अस्पतालमा लैजानुपर्छ।
– बालबालिकाले धमिलो देख्छु भन्यो भने तुरुन्तै अस्पतालमा लगेर जाँच गराउनु पर्छ।
– बालबालिकालाई धेरै आँखामा हात लैजान दिनु हुँदैन।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ११ बजे

राजावादीलाई रवि लामिछानेको जवाफ– थाल खान सकिँदैन, गाँस खाने हो (प्रतिवेदनको पूर्णपाठ) 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको व्यवस्था संकटमा

बलिउडमा आउनुभन्दा अगाडि : कोही गार्ड, कोही वेटर

काठमाडौं– हामीले कलाकारको जिन्दगी रमाइलो देख्छौं । महँगा गाडी, राम्रा

बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढ्दो क्रममा छ। स-साना कुरामा

एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा आज सुरु हुँदै

काठमाडौँ– नेकपा एमालेको मध्यपहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ

धार्मिक अनुष्ठानमा घण्टी किन बजाइन्छ ?

मन्दिर होस् या घरमा पूजा गर्दा घण्टी बजाउने निकै पुरानो