आपतकालीन उपचारका लागि तयार रहन स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन « Khabarhub

आपतकालीन उपचारका लागि तयार रहन स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्वस्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा सुरु भएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशाला शुभारम्भ गर्दै उनले देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगको सङ्क्रमण पनि बढ्ने खतरा रहेकाले सबै स्वास्थ्य संस्थाले आवश्यक औषधि र उपकरणसहित आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतले भने, “आपतकाल कतिबेला आउँछ अन्दाज गर्न सकिँदैन । हाम्रो देशमा हरेक वर्षजसो बाढीपहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौँ भने उपचारबाट बञ्चित हुनुपर्ने अवस्था रहँदैन ।”

आपतकालीन अवस्था आउनुभन्दा पहिले नै सम्भावित क्षेत्रमा खाद्यान र औषधि उपलब्ध गराउनका लागि सम्भावित क्षेत्रमा औषधि पठाइसकेको उनले जानकारी दिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले मन्त्रालयले आपतकालीन अवस्थामा  उपचारका लागि देशका २५ अस्पताललाई ‘हब अस्पताल’ बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए ।

उनले भने, “कुनै ठाउँमा सङ्कट आइपर्दा सबै एक ठाउँमा आएर सङ्कट व्यवस्थापन गर्न सक्षम छौँ ।” सातवटै प्रदेशमा आपत्कालीन सेवाकेन्द्रमार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकले गरिरहेको डा सिंहले  बताए । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले आपतकालीन अवस्थामा  उपचार सेवा नरोकियोस् भन्नेबारे ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १ : ३३ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका