आपतकालीन उपचारका लागि तयार रहन स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन | Khabarhub Khabarhub

आपतकालीन उपचारका लागि तयार रहन स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्वस्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा सुरु भएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशाला शुभारम्भ गर्दै उनले देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगको सङ्क्रमण पनि बढ्ने खतरा रहेकाले सबै स्वास्थ्य संस्थाले आवश्यक औषधि र उपकरणसहित आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतले भने, “आपतकाल कतिबेला आउँछ अन्दाज गर्न सकिँदैन । हाम्रो देशमा हरेक वर्षजसो बाढीपहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौँ भने उपचारबाट बञ्चित हुनुपर्ने अवस्था रहँदैन ।”

आपतकालीन अवस्था आउनुभन्दा पहिले नै सम्भावित क्षेत्रमा खाद्यान र औषधि उपलब्ध गराउनका लागि सम्भावित क्षेत्रमा औषधि पठाइसकेको उनले जानकारी दिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले मन्त्रालयले आपतकालीन अवस्थामा  उपचारका लागि देशका २५ अस्पताललाई ‘हब अस्पताल’ बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए ।

उनले भने, “कुनै ठाउँमा सङ्कट आइपर्दा सबै एक ठाउँमा आएर सङ्कट व्यवस्थापन गर्न सक्षम छौँ ।” सातवटै प्रदेशमा आपत्कालीन सेवाकेन्द्रमार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकले गरिरहेको डा सिंहले  बताए । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले आपतकालीन अवस्थामा  उपचार सेवा नरोकियोस् भन्नेबारे ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १ : ३३ बजे

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु, २०० जना भन्दा बढीको उद्धार

रोम– रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

मकवानपुर– मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई

आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवअधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत

नदीजन्य सामाग्री उत्खननमा देखिएको समस्या समाधान हुन्छ : ऊर्जामन्त्री

काठमाडौं– म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले

नेप्सेमा उछाल, एकै दिन तीनपटक सकारात्मक सर्किट ब्रेक, आजलाई कारोबार बन्द

काठमाडौँ– सेयर बजारमा आज उछाल आएको छ । चालु साताको