विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय ५० ग्रामसहित झापा भद्रपुर नगरपालिका-४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट नयाँ दिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको लगेजभित्र फल्स बटन बनाई सेतो प्लास्टिकले बेरिएको अवस्थामा बिस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सन पापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम दाङ बबई गाउँपालिका-३ बस्ने २८ वर्षीय भरत कुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.७ प ६०२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक केसीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेकै  कोहलपुर नगरपालिका-१२ चप्परगौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ९० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-६ बस्ने २१ वर्षीय नन्दराम गडरिया र २० वर्षीय अनिल हरिजन गौतम रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज बाँके र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले भे.१२ प ६३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहनगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ ग्राम ७ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने १९ वर्षीय योगेन्द्र बहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ सय ६० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २० वर्षीय आशिष भण्डारी र सोही ठाउँ बस्ने २३  वर्षीय राजेन्द्र बोहरा रहेका छन् ।

उक्त स्थानमा खटिएको प्रहरीले अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको सु.प.प्र. ०१००९ प ४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ९९ मिलिग्रामसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ डेरा गरी बस्ने १८ वर्षीय किशोर र २४ वर्षीय प्रशान्त कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको, झापा गाउँपालिका-४ स्थित झापा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम १ सय २० मिलिग्रामसहित काठमाडौँ चन्द्रागिरि नगरपालिका-१५ बस्ने ३८ वर्षीय अच्युत कुमार मगरलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  २ : ०९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने