नागरिकताविहीनले राष्ट्रपतिदेखि सर्वोच्च अदालतसमेतलाई दिए धन्यवाद « Khabarhub

नागरिकताविहीनले राष्ट्रपतिदेखि सर्वोच्च अदालतसमेतलाई दिए धन्यवाद


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिकताविहीनले नागरिकता पाउने भएपछि राष्ट्रपतिदेखि सर्वोच्च अदालतसमेतलाई धन्यवाद दिएका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भएर उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्च अदालतलाई धन्यवाद दिएका हुन् ।

बिहीबार सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नागरिकताविहीनहरुले अब आफूहरुले नागरिकता पाउने भन्दै सबैलाई धन्यवाद दिएका हुन् ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले संसदबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निष्क्रिय भयो वा शून्यमा गयो भन्न नमिल्ने ठहर गरेको छ । योसँगै अब संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ ।

लामो समय राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयक कार्यान्वयनको माग राखेर आन्दोलनमा उत्रिएकाहरुले शुक्रबार धन्यवाद दिएका हुन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ३ : ०८ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको