सीमा सुरक्षाको जिम्मा सेनालाई दिनुपर्छ : सांसद महासेठ « Khabarhub

सीमा सुरक्षाको जिम्मा सेनालाई दिनुपर्छ : सांसद महासेठ


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । नेपाली सेनालाई उद्योग व्यापारमा लगाउन नहुने भन्दै उनले सीमा मिचिने क्रम नरोकिएकाले सुरक्षाका लागि अब नेपाली सेनालाई जिम्मा दिनुपर्ने बताए ।

‘हाम्रा सिमाना दिन प्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन । आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीं कहीं नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ । भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही गरें, उहाँहरुलाई थाहा हुँदैन । त्यसैले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन । पहिला पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो,’ बैठकमा उनले भने ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ५ : २२ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका