सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परे : सांसद लामिछाने « Khabarhub

सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परे : सांसद लामिछाने


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथिको छलफलमा उनले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताए ।

उनले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गरे । सांसद लामिछानेले तरकारीको विषादी परीक्षण गर्न पनि माग गरे ।

बजेटमा संशोधन हुनुपर्नेमा जोड दिँदै उनले भने, “सत्तारुढ दलका सांसदले नै बजेट ठीक छैन भन्नुभएको छ । तर सरकारमा सहभागी भएका आधारमा पास गर्नुपर्छ भन्ने संस्कार गलत छ, सच्याइयोस् ।” उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानआर्कषण गराउँदै बढ्दो कालोबजारी र खुल्ला सीमामा बढ्दो तस्करी नियन्त्रण गर्नुपर्ने माग गरे ।

नेपाल प्रहरीको स्वच्छिक अवकासका विषयमा सुझाव प्रस्तुत गर्दै उनले भने, “प्रहरी जवान र हवल्दारको स्वच्छिक अवकासलाई १६ वर्षे गरिनुपर्छ । जुनीयर अधिकृतहरुको १८ वर्षे र सिनीयर अधिकृतको २० वर्षे गरिनुपर्छ । २० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था गरिनुपर्छ ।”  उनले आर्थिक अवस्थाको वास्तविक मूल्याङ्कनबाट राजस्व प्रक्षेपण गरी संशोधन प्रस्ताव ल्याउन अनुरोध गरे ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ६ : ०३ बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले