मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ : सांसद ठाकुर « Khabarhub

मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ : सांसद ठाकुर


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद महन्थ ठाकुरले मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले मधेसको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति संवेदनशील बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, “सीता, जनक र गौतम बुद्धको जन्मभूमि मधेस आज अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ । बेरोजगारीका कारण युवाहरू विदेशिन बाध्य छन् ।” उनले नागरिकताको विषय, लोकतान्त्रिक मधेस आन्दोलन र सीमा विवादका विषयमा समेत सरकारको ध्यानाकर्षण गराए ।

छलफलका क्रममा सांसद प्रदीप यादवले देशभरका कारागारको अवस्था सुधार गर्नुपर्ने बताए । “सरकारको नीतिविपरीत कारागारहरू सुधार गृहजस्ता छैनन्, यातना गृहजस्ता छन्”, उनले भने ।

उनले वीरगञ्जको कारागार जीर्ण अवस्थामा रहेको भन्दै तत्काल सुधार र व्यवस्थापनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षणसमेत गराए । उनले सीमामा नेपाली सुरक्षाकर्मीको उपस्थितिबारे समेत सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ६ : ५४ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको