सरकार परिवर्तन गर्ने चलखेल भयो : अध्यक्ष नेपाल « Khabarhub

सरकार परिवर्तन गर्ने चलखेल भयो : अध्यक्ष नेपाल


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्ष दल सरकार परिवर्तन गर्ने चलखेलमा लागेको आरोप लगाएका छन् ।

वर्तमान सरकारलाई हटाएर नयाँ ससरकार बनाउन एमाले आक्रामक तवरले लागेको उनको टिप्पणी थियो ।

पार्टीको सम्पर्क विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “समाजवादी र कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउनुपर्नेमा सरकार परिवर्तन गर्ने चलखेल गरिरहेका छन्, ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन, उसले अहिले पनि दललाई प्रभावित पार्न खोजेको छ ।”

अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरूले गर्दा एमालेलाई छटपटी भइरहेको दाबी गरे । उनले भने, “एउटा कम्युनिष्ट पार्टीका नेताले समाजवादी शक्ति बनाउँदा छटपटी भइरहेको छ ।”

उनले समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र आफ्नो पार्टीको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको दाबी गर्दै एकीकृत समाजवादीले नै अबको नेतृत्व गर्ने भन्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्ष आफूले नै बदलेको दाबी गरे ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : ३१ बजे

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका