सरकार समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्दै छ : प्रधानमन्त्री « Khabarhub

सरकार समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्दै छ : प्रधानमन्त्री


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा थप सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घकोे २०औँ वार्षिक साधारणसभालाई आज सम्वोधन गर्दै उनले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रलगायतका विभिन्न औद्योगिक पूर्वाधार निर्माण गर्ने दिशामा केही सकारात्मक उपलब्धी हासिल भएको बताए।

प्रधानमन्त्री दाहालले सम्पन्न भएका पूर्वाधारको पूर्णउपयोग गर्दै थप औद्योगिक पूर्वाधारको निर्माण गर्नेतर्फ सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले भने, “औद्योगिक वातावरण निर्माण गर्नेतर्फ सरकारले एकपछि अर्को सुधारकार्य अघि बढाइरहेको छ भने निजी क्षेत्रले पनि लगानी बढाउने र वैदेशिक लगानी आमन्त्रण गर्ने दिशामा नतिजा देखिने गरी काम गर्ने विश्वास छ, अर्थतन्त्र सुधारका लागि परिसङ्घजस्ता संस्थासँग सहकार्य गरेर नै अगाडि बढ्ने कुरामा म विश्वास दिलाउन चाहन्छु ।”

परिसङ्घले दिएको अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने सुझावलाई सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा राख्ने प्रयास गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उद्योग परिसङ्घले सार्वजनिक निजी साँझेदारी (पीपीपी) मोडलमा चितवनको शक्तिखोर औद्योगिक क्षेत्र वा मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनका लागि सरकार समक्ष आशय पेश गरेको बताउँदै उनले पीपीपी मोडलमा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिनुपर्ने विषयमा सरकार स्पष्ट छ र बजेटसमेतमा उल्लेख गरिएको बताए । त्यसलाई जति सक्दो छिटो कार्यान्वयनमा लैजान पहल गरिने उनको भनाइ छ ।

“पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण गर्नेजस्ता विषयमा हामीले अझै बढी ध्यान पुर्याउन जरूरी छ, खासगरी उत्पादन र रोजगारी वृद्धितर्फ हाम्रो आवश्यकता र सम्भावनाभन्दा भएको प्रगति ज्यादै न्यून छ, यसको फलस्वरूप पेट्रोलियम पदार्थ र औद्योगिक वस्तुमात्र नभई मुलुकभित्रै उत्पादन हुनसक्ने कृषिजन्य वस्तुपनि वर्षेनी खर्बौंको आयात गरिरहेका छौँ”, उनले भने ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : ४० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको