सुरक्षा निकायका कर्मचारीलाई सरकारले विभेद गर्‍यो : सांसद तामाङ « Khabarhub

सुरक्षा निकायका कर्मचारीलाई सरकारले विभेद गर्‍यो : सांसद तामाङ


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङले नेपाल एयरलाइन्सको प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद तामाङले नेपाल एयरलाइन्सलाई सुधार गर्नको लागि योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले नेपाल एयरलायन्स आर्थिक रुपमा नाजुक अवस्थामा पुगेको बेला पर्यटनमन्त्रीले ४०/५० जना कर्मचारी करारमा नियुक्त्ति गर्नु गलत भएको बताए । सांसद तामाङले पर्यटन मन्त्रालयले निजि क्षेत्रलाई प्रोत्साहन गर्ने कुनै योजना नल्याएको भन्दै विरोध समेत जनाए ।

यस्तै सुरक्षा निकायका कर्मचारीमा समेत सरकारले विभेद गरेको भन्दै सांसद तामाङले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सरकारले खानाको दररेटमा एकरुपता ल्याउन सुझाव दिए । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको अवस्था दयनिय भएको भन्दै उनले बीओपीलाई व्यवस्थित बनाउन सरकारको ध्यानआकर्षण गरेका छन् ।

साथै सांसद तामाङले नेपाली सेना देशको गौरव गर्न लायक संस्था भएको भन्दै उनले यसको संख्याको बारेमा विभिन्न टिका टिप्पणी हुने गरेकोले यस बारेमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखे ।

तामाङले भने ‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुपुर्व सेनाको संख्या १० हजार भए हुन्छ किन यति ठुलो सेना चाहियो भन्ने अभिव्यक्ति दिनुहुन्थ्यो । त्यसैले उहाँ अहिले प्रधानमन्त्री हुंदा यो विषय उठेको हुनसक्छ । हैन भने यसको विषयमा गैरजिम्मेवार हिसावले बोल्नु हुंदैन । सेनाको संख्याबारे हामिले राष्ट्रिय सहमति गर्न आवश्यक भइसकेको छ ।’

उनले नेपाली सेनालाई समेत अहिलेको समयअनुकुल चल्न सुझाव दिए ।

 

 

 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ०२ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को