सुदूरपहाडका राजमार्गमा खाल्डै–खाल्डा, जोखिमपूर्ण यात्रा | Khabarhub Khabarhub

सुदूरपहाडका राजमार्गमा खाल्डै–खाल्डा, जोखिमपूर्ण यात्रा


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यहाँका साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ ।

राजमार्ग विस्तार तथा घुम्ती सुधारको नामले महिनौँसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए । भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग सुदूरपहाडका मुख्य राजमार्ग हुन् । यी राजमार्गमै यात्रुले सास्ती भोग्नुपरेको छ । उनले भने, “पक्की सडकमा जताततै खाल्डाखुल्डी छन्, यात्रा गर्दा निकै सास्ती भोग्नुपरेको छ । मोटरसाइकल चलाउन त झनै समस्या छ ।”

सडकको दूरावस्थाका कारण सवारीसाधन चलाउनै मुस्किल भइरहेको सवारी चालकले बताएका छन् । सडकमा भएका खाल्डाखुल्डीका कारण जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था रहेको बस चालक महेश भण्डारीले बताए । साना तथा ठूला सवारीसाधनको चाप बढ्दा जोखिम मोलेर सवारी चलाउनुपर्ने बाध्यता रहेको छ । उनले भने, “सडकमा जताततै खाल्डाखुल्डी छन् । केही ठाउँमा सडक भत्केका पनि छन् । साँघुरा सडकमा खाल्डाखुल्डी हुँदा साइड दिन पनि समस्या हुने गरेको छ ।”

साँघुरा सडक जताततै खाल्डाखुल्डी तथा भत्किएको र सवारी चाप पनि बढ्दा दुर्घटनाको जोखिम बढेको छ । उनले भने, “साँघुरा सडक त्यसैमा जताततै खाल्डाखुल्डी छन् । अरु गाडीलाई साइड दिन पनि समस्या हुन्छ ।”

बर्सातको समय सुरु भएकाले यस्ता सडकले झन दुर्घटनाको जोखिम बढाएको ट्रक चालक वलदेभ भट्टले बताए । उनले भने, “पहाडको सडकमा लोड गाडी चलाउन धेरै अप्ठ्यारो छ । बर्सातको समयमा त झन् समस्या हुन्छ । सवारी चाप र साँघुरो सडक, त्यसमा पनि खाल्डाखुल्डी र भत्केको हुँदा दुर्घटनाको जोखिम छ । साइड दिन पनि अप्ठ्यारो छ । दैनिकजसो दुर्घटना भइरहेका हुन्छन् । खराब र साँघुरो सडकका कारणले हो ।”

वर्षै पहिले बनेका पहाडी राजमार्गमा सवारी चाप उत्तिकै बढेका छन् । सरकारले बर्सातको समयमा आउने पहिरो पन्छाउने तथा सामान्य टुटेफुटेका सडकको मर्मत त गर्ने गरेको छ तर साँघुरा सडकलाई चौडा बनाउने योजना भने छैन ।

बर्सातको समयमा आउने पहिराका कारण अवरुद्ध सडकलाई तुरुन्तै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने गरिएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताए । उनले भने, “बर्सातका कारण पहिरो आएको छ भने तुरुन्तै सफा गरिन्छ । सडकमा भत्किएका दायाँ–बायाँका संरचना तथा भित्ता मर्मत गरिन्छ । तर आर्थिक अभावका कारण अहिले नै थप स्तरोन्नति गर्न सक्ने अवस्था छैन ।”

सडकमा परेका खाल्डाखुल्डी पुर्ने तथा बिग्रे–भत्केका सडकको मर्मत गरिने भए पनि बजेट अभावका कारण सडकको चौडाइ बढाउने कार्यमा समस्या भइरहेको प्रमुख लामिछानेको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ३४ बजे

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख