मुगुमा दुई सातादेखि विद्युत सेवा अवरुद्ध | Khabarhub Khabarhub

मुगुमा दुई सातादेखि विद्युत सेवा अवरुद्ध


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुमा करिब दुई सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवारका साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् ।

गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो । अहिले जिल्ला सदरमुकाम गमगढीलगायत आसपासका ८७ बस्ती अन्धकारमा छन् ।

विसं २०६८ मा स्थापना भएकोे सो आयोजनामा पटक–पटक समस्या आउने गरेको छ । यसका कारण मुगुका तीन हजार एक सय घरधुरी प्रत्यक्ष मारमा परेका छन् । विद्युत् नहुँदा सरकारी कामकाजका साथै बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा बाधा पुगेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाश भामले बताए ।

विद्युतगृहको मुहानमा बाढी पस्दा नहरमा बालुवा र लेदोले पुरीदिँदा नहरमा पानी प्रवाह नभएपछि विद्युत् उत्पादन बन्द भएको जनाइएको छ ।

पटक–पटक बालुवा हटाउन प्रयास गरे पनि सम्भव नभएको र गत वर्षको बाढीका कारण खोलाले धार परिर्वतन गरेपछि वर्षात्को समयमा भलसँगै आउने लेदो र बालुवाले नहर जाम हुने गरेको छ । यसका कारण विद्युत् उत्पादनमा समस्या भएको गमगाढ साना जलविद्युत् आयोजनाका प्राविधिक छिरिङ लामाले जानकारी दिए ।

चार सय किलोवाट विद्युत् उत्पादन क्षमता भएको आयोजनामा रहेका विद्युत् उत्पादन गर्ने दुई मेसिनमध्ये एक लामो समयदेखि चालु अवस्थामा छैन भने चालु रहेको मेसिनले जेनतेन एक सय ६० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो ।

हरेक वर्ष वर्षाको समयमा गमगाढ वितरण केन्द्रको मुहान, पावरहाउसमा पटक–पटक समस्या आउने र विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । समस्या समधानका लागि काम त गरिन्छ । त्यो प्रभावकारी र दिगो हुनसकेको छैन ।

दीर्घकालीन समाधानको योजना विद्युत् प्राधिकरणले नबनाउँदा हरेक वर्ष पानी र हिउँ पर्दा विद्युत् सेवाबाट नागरिकले सास्ती खेप्नु परिरहेको छायाँनाथ रारा नगरपालिका–६ का स्थानीय धनबहादुर भामले बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुगुमा राष्टिय प्रसारण लाइन असारमा पुर्याउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : ०५ बजे

भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु

नयाँ दिल्ली – पश्चिमी भारतको महाराष्ट्र राज्यको एक अस्त्र कारखाना

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं – पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ

कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन

मोरङ– कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज  प्रदेश प्रमुख परशुराम

कोशी प्रदेश सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष

अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र