घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?  | Khabarhub Khabarhub

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ ।

यो सँगै प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : ३० बजे

पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वका मूर्त र

एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो

काठमाडौं – नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो

ब्रेक फेल भएर ट्रक दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं – पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

सिङ्गापुरमा ठगी गर्ने युवा अपराधीको सङ्ख्यामा वृद्धि

सिङ्गापुर – गत वर्ष सिङ्गापुरमा ४२२ जना युवाहरूले ठगी अपराध

‘चिकित्सकको सल्लाहबिना रेडियोग्राफी गर्नु जोखिमपूर्ण’

काठमाडौं- आज विश्व रेडियोग्राफी दिवस । स्वास्थ्य सेवामा रेडियोग्राफीको महत्त्व