वन मन्त्रालयका आठ सहसचिवको सरुवा « Khabarhub

वन मन्त्रालयका आठ सहसचिवको सरुवा


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ ।

वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ ।

उक्त विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेरहदका कारण अनिवार्य अवकाशमा लिनुभएपछि महानिर्देशक पद रिक्त थियो । सो विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ ।

यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा सिन्धुप्रसाद ढुङ्गानालाई सरुवा गरिएको छ ।

निकुञ्ज विभागका महानिर्देशक डा महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा गरिएको छ भने चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुंङ्गानालाई मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहेका मेघनाथ काफ्लेलाई राष्ट्रिपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सदस्य–सचिवमा सरुवा गरिएको छ भने रेड कार्यान्वयन केन्द्रका प्रमुख डा रामचन्द्र कँडेललाई मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १२ : ०४ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय