महाकाली सिँचाइको नहरमा एक शव भेटियो « Khabarhub

महाकाली सिँचाइको नहरमा एक शव भेटियो


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । 

यसैबीच भीमदत्त नगरपालिका–१३ दोधारा चाँदनी झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेका युवकको प्रहरीले खोजी गरिरहेको छ ।  कृष्णपुर नगरपालिका–६ का २८ वर्षीय जनक भट्टले गए राति नौ बजे झोलुङ्गे पुलबाट हाम फालेका थिए । 

डिएसपी डाँगीका अनुसार भट्टसंगै झोलुङ्गे पुल पुगेका अर्का एक युवकलाई घटनाबारे अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको खोजीमा सुरक्षाकर्मी र रेडक्रसको टोली खटिएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १२ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको