लम्पी स्किनको महामारी रोक्न निःशुल्क खोपसहित गोठगाठमै प्राविधिक टोली « Khabarhub

लम्पी स्किनको महामारी रोक्न निःशुल्क खोपसहित गोठगाठमै प्राविधिक टोली


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि चाँगुनारायण नगरपालिकाले खोप तथा उपचार अभियान सञ्चालन गरेको छ । कृषि क्षेत्रमा आधारित चाँगुनारायण नगरपालिकामा कृषि र पशुपालनमा आत्मनिर्भर यहाँका अधिकांश किसानको गाईपालन रहेको र यहाँका ८० प्रतिशत गाई लम्पी स्किनबाट प्रभावित भएपछि नगरपालिकाले खोप तथा उपचार अभियान सुरु गरेको हो ।

नगरपालिकाका प्रमुख जीवन खत्रीले यहाँका अधिकांश बासिन्दाको घरघरमा गाईभैँसी पालन रहेकोमा अधिकांशको घरमा लम्पी स्किन रोगले गाई बिरामी हुने र मर्न थालेपछि नगरपालिकाले अभियान सञ्चालन गरेको बताए ।

“एक महिना अगाडिदेखि नै यो रोगको महामारी फैलिएको थियो, हाम्रो तर्फबाट रोग नियन्त्रणका लागि सक्दो प्रयास ग¥यौँ, यहाँका ८० प्रतिशत गाई यो रोगबाट प्रभावित भएका छन्”, नगरप्रमुख खत्रीले भने, “लम्पी स्किन फैलिनबाट रोक्न र उपचार गर्न हामीले वडावडामा, गोठगोठमै पुगेर पशु चिकित्सक एवं प्राविधिक टोलीले निःशुल्क खोप लगाउने र उपचार गर्ने कार्यको थालनी गरेका छौँ ।”

नगरपालिकाको पशुपक्षी विकास शाखाले लम्की स्किन रोग नियन्त्रणका लागि प्राविधिक टोली खटाएर एक हजार पाँच सय खोप लगाएको उनले बताए । शाखाका चिकित्सकसहितको प्राविधिक टोलीले वडावडामा घुम्ती शिविरनै सञ्चालन गरेर गोठगोठमै पुगेर रोगको जाँच, निःशुल्क खोप, निःशुल्क औषधि वितरण गरी किसानलाई लम्की स्किन रोगबारे जनचेतनामूलक जानकारी गराएको छ ।

नगरप्रमुख खत्रीसहित बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले एकसाता अगाडि बागमती प्रदेशका पशुपक्षी मन्त्री डा राजेन्द्र श्रेष्ठसँग भेट गरी लम्पी स्किन रोग नियन्त्रणका लागि पर्याप्त मात्रामा खोप एवं औषधिको व्यवस्था गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका थिए ।

महामारी नियन्त्रणका लागि नगरपालिकाले २४ सै घण्टा सेवा उपलब्ध गराउने व्यवस्था गरेको भन्दै उनले यो रोगबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिए । धेरै जसो किसानले पशु बीमा नगराएको र पशु बीमा गराउनुपर्छ भन्ने ज्ञान नहुँदा किसानले यो रोगबाट लाखौँको क्षति व्यहोर्नुपरेको छ ।

समयमै खोप नआउँदा महामारीले चरम रूप लिएपछि घरघरमा पालेका गर्भवती गाईदेखि दूध दिइरहेको गाईहरू मरेका छन् । पुश बीमा गराएकाले पनि बीमा कम्पनीबाट सहजरूपमा क्षतिपूर्ति नपाउँदा समस्या परेको छ । पशु बीमाको रकम किसानलाई बीमा कम्पनीले उपलब्ध गराउन समेत नगर प्रमुख खत्रीले आग्रह गरे ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : १६ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष