काठमाडौँ- जेब्रा हामी सबैलाई थाहा छ । हामी सबैले पत्रिका वा किताबमा यसको तस्बिरहरू पनि देखेका छौँ । जेब्राको जीउमा काला र सेता पट्टी वा धर्का हुन्छन् । प्रकृतिले हरेकलाई विभिन्न प्रकारको शरीर, आकार र रङ्ग दिएको छ ।
तर, जेब्राको शरीरमा कालो र सेतो धर्काले धेरैको मनमा विभिन्न प्रश्नहरू उब्जाएको छ । सायद तपाईँको मनमा पनि यो प्रश्न उठेको होला ।
जेब्रा एक स्तनधारी जनवार हो । यो झट्ट हेर्दा घोडाजस्तो देखिए पनि अकारमा घोडाभन्दा अलिक सानो हुन्छ । शरीरमा कालो धर्काका कारण जेब्रा हेर्दा निकै सुन्दर देखिन्छन् ।
अध्यायन अनुसार जेब्राको शरीरमा भएको रोग फैलने र विभिन्न रगत चुस्ने किराहरुबाट बचाउन मद्दत गर्ने पनि निष्कर्ष निकालेका छन् ।
त्यति मात्र होइन, कालो धर्काहरूले जेब्रालाई अरु मांसाहारी जनावरहरुबाट बचाउने गर्छ । सुन्दा अचम्म लाग्न सक्छ, यस्तो रङ्गले सिंहजस्ता सिकारी जनवारहरूबाट बच्न कसरी मद्दत गर्छन् त भनेर ।
सिंहहरू रङ्ग छुट्याउन नसक्ने अर्थात् कलर ब्लाइन्ड हुन्छन् । त्यसैले, उनीहरुको नजरमा जेब्राको शरीरमा भएको कालो रङ्गको बनावट र घाँसको बनावट मिल्ने हुन्छ । यस्तो अवस्थामा तिनीहरू घाँसमा नहल्ली बस्दा सिंहलाई चिन्न निकै गाह्रो पर्छ ।
अन्य सिकारी जनवारहरूबाट बच्न तिनीहरुको शरीरको धर्काले केही हदसम्म मद्दत गर्छ ।
तर त्यस्ता जनावरहरूबाट तिनीहरूलाई बचाउने मुख्य हतियार भनेको जेब्राको समूहमा सँगै हिँड्ने बानी हुन्छ । जेब्राहरु प्रायः सधैँ ठूलो समूह बनाएर एकैठाउँमा बस्ने हुँदा सिंह पनि कहिलेकाहीँ तिनीहरूलाई घाँस भनेर झुक्किने गर्छन् ।
र, सबै जेब्रालाई ठूलो जनवार ठानेर आक्रमण गर्ने आँट गर्दैन ।
वैज्ञानिकका अनुसार जेब्राले खानेकुरा ढिलोगरी पचाउने गर्छ त्यही कारण उसले खानेकुरा खाएर बस्नको लागि अफ्रिकाको गर्मीमा लामो समय खुला भागमा उभिनुपर्ने हुन्छ । र, त्यसरी घाममा उभिन जेब्राको शरीरमा हुने उक्त धर्काले तातो घाममा गर्मी हुनबाट बचाउने गर्छ ।
प्रतिक्रिया